प्रदेश २ फुटाएर नयाँ भोजपुरीया प्रदेश, राजधानी वीरगन्ज !

प्रदेश २ फुटाएर नयाँ भोजपुरीया प्रदेश, राजधानी वीरगन्ज !

वीरगन्जः वीरगन्जलाई प्रदेश नम्बर २ को स्थायी राजधानी नबनाइए अलग्गै प्रदेशको माग राखेर आन्दोलन गर्ने चेतावनी पर्सा र बाराबाट निर्वाचित प्रदेशसभा सदस्य र दलका नेताले चेतावनी दिएका छन् ।

प्रादेशिक राजधानी माग गर्दै वीरगन्जमा डेढ महिनादेखि आन्दोलित संघर्ष समितिले शुक्रबार घण्टाघर चोकमा गरेको बृहत विरोधसभालाई सम्बोधन गर्दै नेता र प्रदेशसभा सदस्यले वीरगन्जलाई राजधानी नबनाए पर्सा, बारा र रौतहटलाई समेटेर अलग्गै भोजपुरीया प्रदेश बनाउने चेतावनी दिएका हुन् ।

प्रादेशिक राजधानीका लागि आवश्यक सबै सूचक तथा भौतिक संरचना र पुर्वाधार वीरगन्जमा भएपनि सरकारले अस्थायी राजधानी जनकपुर तोकेर धोका दिएको उनीहरुको गुनासो छ ।

‘अब स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभा सदस्यहरुको हातमा गएको छ,’ उनीहरुले भनेका छन्, ‘तर पर्सा र बाराबाट निर्वाचित अधिकांश प्रदेशसभा सदस्यहरु मुख्यमन्त्री र मन्त्रीको लोभमा वीरगन्जको पक्षमा बोलेका छैनन् ।’

मुलुकको कुल राजश्वको करिब ६० प्रतिशत हिस्सा उठाएर समग्र देशलाई पाल्दै आएको वीरगन्जले प्रदेश नम्बर २ लाई सजिलै पाल्ने हैसियत राख्ने भन्दै उनीहरुले माघ २१ गते बस्ने प्रदेशसभाको पहिलो बैठकमा वीरगन्जलाई स्थायी राजधनी बनाउने निर्णय नगरे तीन जिल्लाको भोजपुरी प्रदेश बनाउन अर्को आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

विरोधसभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य ओमप्रकाश शर्माले प्रदेशसभाको पहिलो बैठकमा वीरगन्जलाई राजधानी बनाउन पर्सा, बारा र रौतहटका प्रदेशसभा सदस्यहरुले एक स्वरमा आवाज उठाउने प्रतिबद्धता जनाए ।

‘प्रदेश राजधानीका लागि सडक र सदन दुवैबाट आन्दोलन सुरु हुन्छ’, उनले भने, ‘यदि वीरगन्ज राजधानी भएन भने तीन जिल्लाको भोजपुरीया प्रदेश र वीरगन्ज राधजानी ढिलो चाँडो बनेरै छाड्छ ।’

संघर्ष समितिका सहंसयोजक एवम् नेकपा एमालेका पूर्वसांसद राजकुमार गुप्ताले जनकपुरलाई अस्थायी राजधानी सरकारले तोकेर वीरगन्जसँग ठूलो अन्याय गरेको बताए ।

माघ २१ गते बस्ने प्रदेशसभाको बैठकमा वीरगन्जको पक्षमा बोल्ने प्रदेशसभाका सदस्यहरुलाई बल पुर्याउन आन्दोलन गरिएको उनले बताए । ‘यदि वीरगन्जलाई राजधानी बनाइएन भने पर्सा, बारा र रौतहटलाई समेटेर छुट्टै भोजपुरीया प्रदेशको माग राखेर आन्दोलन गर्न हामी बाध्य हुनेछौँ’, उनले भने, ‘त्यो आन्दोलनको बेग रोक्ने हिम्मत कसैले गर्न पनि सक्दैन ।’

राजपाका पूर्व नेता एवम् संघर्ष समितिका सदस्य ओमप्रकाश सर्राफले आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई कमजोर नआक्न सरकार र दलहरुलाई चुनौति दिए ।

नेकपा एमालेका नेता बलिराम साहले हरेक आन्दोलनमा वीरगन्ज र वीरगन्जवासीले शासकलाई घुँडा टेकाउँदै आएको स्मरण गराउँदै अहिलेको आन्दोलन वीरगन्ज र वीरगन्जवासीले आफ्नै लागि गरेकाले सरकार र दलहरुलाई समयमै सचेत हुन आग्रह गरे ।

राजधानीको माग गर्दै आन्दोलनरत संघर्ष समितिले माघ २० गते वीरगन्जमा मशाल जुलुश र २१ गते आम हड्तालको आह्वान गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.