प्रदेश ७ मा ३० मर्यादापालकलाई तालिम

प्रदेश ७ मा ३० मर्यादापालकलाई तालिम

धनगढी : प्रदेश नम्बर ७ को संसदमा प्रहरी निरीक्षकको नेतृत्वमा ३० जना मर्यादापालक खटिने भएका छन्। ५३ सदस्यीय प्रदेश संसदलाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्न दुई जना प्रहरी निरीक्षक र सात जना महिलासहित ३० जना मर्यादापालक खटिने भएका हुन्। प्रहरी निरीक्षकद्वय हिक्मत थापा र भीमदत्त जोशीको कमाण्डमा ३० जना मर्यादापालकलाई बिहीबारदेखि तालिम दिइएको संघीय प्रहरी इकाई कार्यालय धनगढीमा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानसिह बोहराले जानकारी दिए।

आइतबार बस्ने प्रदेश नम्बर ७ को पहिलो संसद बैठकदेखि नै खटाइने मर्यादापालकलाई संसद भवनमा गर्नुपर्ने कार्यशैलीका बारेमा तालिम भइरहेको छ।

संसद भित्र मर्यादापालक बाहेक अरु कुनै पनि सुरक्षा निकायले प्रवेश गर्न पाउँदैनन् भने मर्यादापालकले नै संसदको सुरक्षाको जिम्मेवारी लिने गरेको छ। नेपाल प्रहरीका विभिन्न पद र तहमा कार्यरत प्रहरी नै मर्यादापालकका रुपमा खटिने छन्।

आइतवार बस्ने प्रदेश नम्बर ७ को पहिलो प्रदेश संसद बैठकदेखि नै खटाइने मर्यादापालक संसद भवनमा गर्नुपर्ने कार्यशैलीका बारेमा शनिबारसम्म प्रशिक्षण दिएर दक्ष बनाइने प्रशिक्षक प्रहरी निरीक्षक भरतराज गिरीले बताए।

संसदमा कुनै समस्या आएमा मिठो बोली वोल्दै अनुरोध गरेर बल प्रयोग नगरिकन संसद सञ्चालन गर्नुपर्ने दायित्व मर्यादा पालकको हुन्छ। आफुहरुलाई दिएको भूमिकालाई कुशलतापुर्वक सम्पन्न गर्ने मर्यादापालक प्रशिक्षण लिइरहेकी प्रहरी हबल्दार नन्दा विकले बताइन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.