बूढो साइकल र सडक

बूढो साइकल र सडक

ऊ पर ऊकालो बाटोमा हेर

पुरानो थोत्रो बूढो साइकल

कोही ठेलिरहेका छन् ।

खिइसकेका डन्डीहरू,

फुस्किन लागेका पांग्राहरू,

बांगिएका हेन्डलमा

तेस्तै फुस्रा फुटेका,

मैलो वृद्ध हत्केलाहरूले यसरी

सकिनसकी घिच्याइरहेका छन् कि

उनको यो उकाली यात्रा

कहीँ नटुंगिने त हैन ?

कतै बीचमा अडिने त छैन ?

मलाई पीर परेको छ ।

ऊ हेर त नियाली हेर,

त्यो बूढो साइकल ठेल्ने

बूढो मजदुर हर्क तामाङ चिन्नु भयो ?

ऊ जस्तै जीर्ण छ साइकल

साइकल जस्तै बूढो छ उनी

उसका खिइएका साइकल चेनहरू जस्तै

खिइरहेका होलान् उसका कमजोर आन्द्राहरू

कतै छिट्टै चुँडिने त हैन !

मलाई चिन्ताले टाउको चर्काएको छ ।

बूढोको साइकलका कष्टपूर्ण डेग जस्तै

ती वृद्ध मजदुरका आँत कहिले अड्किने त हैन !

मलाई डर छ, बूढा बा नढलून् बीच सडकमा ।

उनका जीवनका एक्ला साथी यो जीर्ण साइकल

नभाँचुन् खाल्डाहरूमा ।

ओ सडक, केही त सजिलो बनिदेऊ

केही त सानो भए पनि त्यस वृद्ध साइकललाई

सुरक्षित यात्राको हक देऊ ।

ओ सहरका पजेरो, कार, मोटरसाइकल मनुवाहरू

हतार नगर, सडकमा जाम छ,

हेर सडक कुनाहरूमा सोझा हर्क तामाङहरू र

उनका सुधा साइकलहरू

कुदिरहेका छन् ।

ओ सहरका नाइकेहरू,

बाटाहरूभन्दा चौडा तिम्रा दिमाग

फराकिलो भइदिएको भए

कठै !

यहाँ गरिब, मजदुरहरूका साइकललाई किन अपमान हुन्छ र ?

बटुवाहरूलाई सानो बाटा छिचोल्न पनि खै कता ठाम दिन्छ र ?

ओ सहरका मसिहाहरू,

तिम्रा मस्तिष्कका मेसिन,

पुराना पार्टपुर्जाहरू जाम छ,

जस्तै यहाँ अराजकहरूका लाम छ

हर्के बाहरूका साइकल जिन्दगीहरूका मलामी छ ।

चिल्ला सडकमा खस्रा आदमखोरहरू बतासिएको हेर

सिकार कतै हर्के साइकल बा र बटुवाहरू बन्नेछन् ।

सावधान !

सानातिना मेरा केटाकेटीहरू

या प्रेमिल जोडीहरूका

सपना चुँडाउने सडकका सैतानहरू,

प्रल्हाद योञ्जन या प्रवीण गुरुङहरू

ताम्राकार गौतम र कार्की ध्रुवहरूका

हैवान हत्याराहरू

तिम्रा ज्यानमारा पांग्राहरू

फुस्कियोस् सदाका लागि ।

ओ सभ्य शहर,

ओ सडकका राजाहरू,

तिम्रा ६ लेनमा बूढो हर्के बाको

झिना साइकल अटेन,

मोटर मालिकहरूले

झिना मसिना साइकललाई सहेन

शक्ति, सत्ता र सम्पत्तिमा रमेकाहरूले

गरिबका साइकललाई गनेन ।

ओ हर्क बाहरू

ओ गरिब मजदुरहरू आओ

हाम्रा बाटाहरू हामी आफैं बनाउनु पर्ने रहेछ

खोजौं सडकमा हामी आफ्नो अधिकार आफैं

सहरका शासकहरूसँग अधिकार छिनौं

सत्ताका संकीर्ण सोचहरूलाई

सडक मा पछारौं ।

आओ साइकलप्रेमीहरू,

गरौं सडक कब्जा ।

सहरसत्तामा हस्तक्षेप गरौं ।

साइकलका पाउदानीहरूमा पावर भरौं

बूढा हर्क साइकल बाहरू एक्ला छैनन् यहाँ

युवा हर्कहरू, मजदुरहरू, गरिबहरू, साइकलप्रेमीहरू

एक हौं !

सडक हाम्रो हो

सहर हाम्रो हो ।

सत्ता हाम्रो हो ।

भोलिका दिन हाम्रा हुन्,

भोलिका दिन राम्रा हुन् ।

(श्रेष्ठ साइकल अभियानकर्ता हुन्)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.