अन्‍नपूर्णको साइकल र्‍याली : प्रथम पुरस्कार माउन्टेन बाइक, कसलाई के उपहार ?

अन्‍नपूर्णको साइकल र्‍याली : प्रथम पुरस्कार माउन्टेन बाइक, कसलाई के उपहार ?

काठमाडौः अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सर दिवसका अवसरमा साइकल र्‍याली गरेको छ। क्यान्सरविरुद्ध सचेतना जगाउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले विगत चार वर्षदेखि साइकल र्‍याली गर्दै आएको हो।

र्‍यालीको नारा ‘राइड फर लाइफ’ रहेको छ। विगत तीन वर्षदेखि भइरहेको र्‍याली काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण कर्पोरेट टावरबाट सुरु भएको छ। तीनकुनेबाट सुरु भएको र्‍याली गौशाला, चाबहिल, महाराजगञ्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, जमल, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर हुँदै तीनकुनेमै आइपुगेर समापन भएको हो।

र्‍यालीमा सहभागी एक जनाले लक्कली ड्रबाट माउन्टेन बाइक जितेका छन्। र्‍यालीमा सहभागीमध्ये सुशील धितालले प्रथम पुरस्कार माउन्टेन बाइक पाएका हुन्। धिताललाई नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले उपहार प्रदान गरे। त्यस्तै दोस्रो उपहार दुई जनाले मिम्रिक एयरको काठमाडौ–पोखराको दुईतर्फी टिकट पाएका छन्। लक्की ड्रमार्फत् दोस्रो पुरस्कार पाउने भाग्यमानी बने सानुबाबु थापा र रत्मान गुरुङ। दोस्रो पुरस्कार अन्नपूर्ण मिडिया ग्रुपका निर्देशक सञ्चन थापाले प्रदान गरे।

तेस्रो पुरस्कारको लक्की ड्रमा भाग्यमानी बने राजीव, रेगन अवाले, सरोज पन्थी, भद्रगोल किराती, उदयराज अधिकारी, पुष्पराम केसी, मधुसुदन कोइराला। तेस्रो पुरस्कार विजेता सातजनाले ६ महिनासम्म अन्नपूर्ण पोस्ट र सम्पूर्ण साप्ताहिक निशुल्क पाउने छन्। तेस्रो पुरस्कारका विजेतालाई अन्नपूर्ण मिडियाका ग्रुप इडिटर विजय कुमार, सम्पादक राजाराम गौतम, अन्नपूर्ण मिडिया ग्रुपका एमडी लक्ष्मी पौडेल, निर्देशक सञ्चन थापा, एचआर प्रमुख सुदमकुमार सिजापति, मार्केटिङ प्रमुख मानस घिमिरेलगायतले प्रदान गरे।

त्यसैगरी बम्पर उपहार रहेको ४३ इन्चको टेलिभिजन भने लक्की ड्रमार्फत् साइकल र्‍यालीमा सहभागी समिम पौडेलले जिते। पौडेललाई नेपाल क्यान्सर फाउन्डेसनका अध्यक्ष सुशील पन्तले बम्पर उपहार प्रदान गरे। अन्नपूर्णको साइकल र्‍यालीमा सयौको संख्यामा सर्वसाधारण र विशिष्ट व्यक्तिले सहभागीता रहयो।

र्‍यालीको उद्घाटन समारोहमा बोल्दै सेनापति क्षेत्रीले क्यान्सरविरुद्ध अन्नपूर्णले चालेको कदमको उच्च प्रश‌ंसा गरे। क्यान्सरको सचेतना देशव्यापी फैलाउन आवश्यक भएको उनको भनाइ छ। कार्यक्रममा नेपाल क्यान्सर फाउन्डेसनका चेयरमेन सुशील पन्तले सबै मिलेर क्यान्सरविरुद्ध सचेतना फैलाउन आवश्यक भएको बताए। क्यान्सर न्यूनिकरण गर्न सबै जागरुक हुनुपर्ने उनको भनाइ छ।

क्यान्सरको पहिचान, उपचार र रोकथामका लागि जनचेतना जगाउन हरेक वर्ष फेब्रुअरी ४ मा विश्वभरी क्यान्सरविरुद्धको दिवस मनाइन्छ। अन्नपूर्ण मिडिया नेटवर्कले केही वर्षयता सर्वसाधारणलाई क्यान्सरविरुद्ध सचेत गराउन साइकल र्‍याली गर्दै आएको छ। अघिल्लो वर्षको र्‍यालीमा हजारौं साइक्लिस्ट उपस्थित थिए।

याे पनि हेर्नुहाेस्

क्यान्‍सरविरुद्ध अन्‍नपूर्णको साइकल र्‍याली(फाेटाे फिचर)

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.