नेता छान्दै दलहरू

नेता छान्दै दलहरू

जनकपुरधाम : प्रदेशसभाको पहिलो बैठक नजिकिँदै जाँदा दलहरू प्रदेश २ मा प्रदेशसभा संसदीय दलको नेता चयन गर्न लागिपरेका छन्। प्रदेश २ बाट प्रतिनिधित्व गर्ने राजपा, संघीय फोरम, कांग्रेस, माओवादी केन्द्र, एमालेलगायत आआफ्नो दलका नेता चयनको तयारीमा लागेका हुन्।

राजपा र संघीय फोरमका शीर्ष नेता शनिबार जनकपुर आएर नेताको विषयमा टुंगो लगाउँदै छन्। प्रदेश संसदीय दलको नेता चयन गर्ने विषयमा सहमति जुटाउन कांग्रेसले नेता विमलेन्द्र निधिलाई जिम्मेवारी दिएको छ। एमालेले प्रदेश संसदीय दलको नेता चयन गर्ने जिम्मेवारी प्रदेशसभा सदस्यलाई नै दिएको छ। माओवादी केन्द्रमा पनि संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल सुरु भएको छ।

प्रदेश २ मा १९ सिट जितेको कांग्रेसबाट संसदीय दलको नेताका लागि धनुषा सभापति रामसरोज यादवको नाम चर्चामा छ। राजपाबाट दलको नेताका लागि पर्साका जितेन्द्र सोनल, सर्लाहीका उपेन्द्र महतो, रिना साहलगायत आकांक्षी रहेको एक नेताले जानकारी दिए। उनका अनुसार अधिकांश नेतृत्व तथा प्रदेशसभा सदस्य सोनलको पक्षमा देखिए पनि अध्यक्षमण्डल सदस्य राजेन्द्र महतो भने भतिजा उपेन्द्र महतोलाई नेता बनाउन लागिपरेका छन्। महतोका स्वकीय सचिवसमेत रहिसकेका उपेन्द्र सर्लाहीबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। शनिबार अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर सम्मिलित प्रदेशसभा सदस्यको बैठकले दलको नेताका विषयमा निर्णय गर्ने जनाइएको छ।

दलको नेता नै मुख्यमन्त्री हुनेछन्। सबैभन्दा बढी सिट जितेको फोरमले प्रदेश २ मा अन्य दलको सहयोगमा सरकार बनाउनेछ।

संघीय फोरमले पनि शनिबार नै दलका नेताको टुंगो लगाउनेछ। दलका नेता चयनका लागि शनिबार पिडारी चोकस्थित पार्टी कार्यालयमा बैठक राखिएको फोरम नेता शेषनारायण यादवले बताए। उनका अनुसार अध्यक्ष उपेन्द्र यादवसहित प्रदेशसभा सदस्यको उपस्थितिमा बैठक बस्नेछ। फोरम नेतामा विजय यादव, लालबाबु राउत, शैलेन्द्र साह तथा रामअशिष यादवको नाम चर्चामा छ।

सबैभन्दा बढी सिट जितेको फोरमले प्रदेश २ मा अन्य दलको सहयोगमा सरकार बनाउनेछ। दलको नेता नै मुख्यमन्त्री हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.