स्वराजको भ्रमणबारे अनावश्यक आशंका नगरौँ : बाबुराम

स्वराजको भ्रमणबारे अनावश्यक आशंका नगरौँ : बाबुराम

गोरखा : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्राईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणको विषयमा अनावश्यक आशंका र टिका टिप्पणी गर्न नहुने बताएका छन्। भारतीय दूतावासले निर्माण गरेको अमरज्योति माविको भवन हस्तान्तरण कार्यक्रममा गृहजिल्ला गोरखा आएका भट्टराईले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन्।

स्वराजको हालैको भ्रमणले विभिन्न राजनीतिक रुपान्तरण गर्ने आशंका भइरहेका बेला भट्टराईले नेपालको राजनीतिक निर्णय गर्न नेपाली नेता सक्षम रहेको दाबी पनि गरे। ‘चीन र भारत भनेका हाम्रो छिमेकी मित्रराष्ट्र र शुभचिन्तक हुन्। त्यहाँबाट दूत आउँदैमा कुनै तात्विक अर्थ राख्छ जस्तो मलाई लाग्दैन’, उनले भने, ‘हाम्रो आन्तरिक कुरा आफै मिलाउन नेपाली नेता सक्षम छन्।

हालैको निर्वाचनको परिणाम अनुसारको सरकार नेपाली सांसद आफैले बनाउन सक्छन्।’ भारत र चीन अत्यन्त निकट छिमेकी शक्ति भएकाले बेला बेला दूत आइरहनुलाई अन्यथा मान्न नहुने उनको टिप्पणी छ।

‘भारत र चीन हाम्रो अत्यन्त निकट छिमेकी हुन्।बेलाबेला उनीहरु आइरहनुलाई हामीले अन्यथा मान्ने कुरा आउँदैन’, भट्टराईले भने ‘उहाँले के कस्तो कुराहरु गर्नुभयो भन्ने कुरा त सम्बन्धित पार्टीका नेताले जान्ने कुरा हो। त्यसैले धेरै शंका, उपशंका गरिरहनु भन्दा पनि हाम्रो आन्तरिक निर्णय दृढतापूर्वक हामी आफैले गर्नुपर्छ। दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ।’

भेटघाटका बेला नेपाल सरकार तथा नेपाली नेताहरुले देखाएको व्यवहार भने आलोचना गर्न लायक रहेको उनले बताए। ‘प्रोटोकल र डिप्लोमेसीका हिसाबले चाहिँ कतिपय कुराहरु नमिलेको देखियो’, उनले भने, ‘हाम्रो सरकारले पनि थाहा नपाएको जस्तो कसरी आउनु भयो भन्ने प्रतिक्रिया दिएको छ। कुनै पार्टीको नेताको रुपमा मात्र आएको भए त फरक पर्दैनथ्यो। परराष्ट्र मन्त्री नै आउँदा, हाम्रो परराष्ट्र मन्त्रालय नै जोडिनुपथ्र्यो। त्यहाँनेर केही त्रुटी भएकै हो।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.