फोरमले पनि निर्वाचनबाटै मुख्यमन्त्री छान्ने

फोरमले पनि निर्वाचनबाटै मुख्यमन्त्री छान्ने

धनुषाः संघीय समाजवादी फोरम नेपालले प्रदेश नं. २ को मुख्यमन्त्री निर्वाचनबाटै चयन गर्ने निर्णय गरेको छ । प्रदेश नं. २ को निर्वाचनमा ठूलो दलको हैसियतले फोरम नेपालले मुख्यमन्त्री चयन प्रक्रियालाई औपचारिक ढंगले अघि बढाएको छ ।

चुनावअघि फोरम नेपाल र राजपाबीच गठबन्धन बन्ने बेला जुन ठुलो दल हुन्छै उसैको मुख्यमन्त्री हुने सहमति भएको थियो । फोरम नेपालले प्रदेश सरकारको नेतृत्व गर्नेगरी मुख्यमन्त्री चयनको गृहकार्य थालेको हो ।

जनकपुरस्थित फोरम नेपालको जिल्ला पार्टी कार्यालयमा शनिबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । पार्टी उपाध्यक्ष एवं प्रदेश नं. २ की प्रमुख रेणु यादव संयोजक र मुख्य सचिव शम्भु झा तथा सचिव शेषनारायण यादव सदस्य रहने गरी निर्वाचन समिति बनेको हो ।

फोरम नेपालका केन्द्रीय अध्यक्षउ पेन्द्र यादवको उपस्थितिमा शनिबार गठित निर्वाचन समितिले आइतबारदेखि निर्वाचन प्रक्रिया अघि बढाउनेछ । यद्यपि, औपचारिकरुपमा निर्वाचनमा जानुअघि सर्वसम्मत ढंगले मुख्यमन्त्री चयनको अधिकतम प्रयास जारी राख्ने सहमति भएको फोरम नेपालका प्रदेश सांसद सरोज सिंहले जानकारी दिए ।

सम्भव भए सर्वसम्मत नभए निर्वाचनमार्फत् चयन हुने प्रदेशको संसदीय दलको नेता नै मुख्यमन्त्रीको उम्मेदबार हुने प्रावधान छ । यसैगरी, प्रदेश सरकारको नियमावली मस्यौदा समितिको लागि सरोज सिंह र चञ्चमाया मोक्तान चयन भएका छन् ।

त्यस्तै, फोरम नेपालको नियमावली मस्यौदा तयारी समितिको संयोजकमा रामआशिष यादव तथा सदस्यमा सञ्जय यादव र पारस साह चुनिएका छन् । कार्यव्यवस्था समितिका लागि ज्ञानेन्द्र यादव र योगेन्द्र राय यादव चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.