बुढासुब्बा गोल्डकपः बदला लिँदै संकटाले मनाङलाई घर पठायो

बुढासुब्बा गोल्डकपः बदला लिँदै संकटाले मनाङलाई घर पठायो

धरानः संकटा क्लब २० औँ अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । शनिवार धरान रंगशालामा भएको उद्घाटन खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा सिट सुरक्षित गरेको छ । मनाङ गत सालको वितेता र संकटा उपविजेता हुन् ।

यो सिजनमा पहिलो पटक संकटासँग भेट गरेको मनाङले कुनै चमत्कार देखाउन सकेन । संकटाको जितमा विदेशी खेलाडी अनेष्ट टम्पले गोल गरे । टम्पले खेलको ७५औं मिनेटमा गोल गरेका थिए ।

म्यान अफ दि म्याच घोषित उनले नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् । संकटाले थप चारवटा गोल गर्ने अवसर खेर फाल्यो । खेलको १४ औं मिनेटमा संकटाका हेमन्त थापामगरले उत्कृष्ट गोल गर्ने अवसर गुमाए ।

खेलको ३७औं मिनेटमा संकटाका विदेशी खेलाडी अब्बा मनाङको पोष्टमा किपर दीप कार्की मात्र रहेका बेला गोल गर्न असफल बने । ३८औं मिनेटमा संकटाका प्रकाश बुढाथोकी र ७४औं मिनेटमा रुपेश केसीले उत्कृष्ट गोल गर्ने अबसर खेर फाले ।

पहिलो हाफमा खाली पोष्टमा गोल गर्न नसकेका मनाङका खेलाडीहरुले दोस्रो हाफमा भने संकटालाई पुरै दवावमा राखेका थिए । मनाङले खेल अवधिभर आदा दर्जन गोल गर्ने अवसर खेर फालेपछि बाहिरिएको हो ।

खेलको २६औं मिनेटमा कर्ण लिमबू संकटाको खाली पोष्टमा गोल गर्न असफल भए । संकटाका गोल किपर विट भएको अवस्थामा कर्णले प्रहार गरेको बल पोष्ट माथिबाट बाहिरिएपछि यो पटक उपाधि उचाल्ने मनाङको सपना अधुरो रह्यो । खेलको ३६ औं, ५०औं र ५७ औं मिनेटमा मनाङका विशाल राईले गोल गर्ने अवसर खेर फाले ।

खेलको ६३ औँ मिनेटमा डी एरियामा मनाङका कर्ण गोल गर्न असफल बने । मनाङका क्याप्टेन अनिल गुरुङले पनि प्रतियोगितामा उत्कृष्ट प्रर्दशन नगर्दा बीचमै मैदानबाट बाहिरिए ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङले खेलाडीले गोल गर्ने अवसर सदुपयोग गर्न नसग्दा कमजोर संकटासँग पराजित हुनु परेको बताए । संकटाका प्रशिक्षक सल्याण खड्गीले खेलाडीले विजय हासिल गरेपनि उत्कृष्ट प्रर्दशन गर्न नसकेको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.