प्रदेश ६ मा को बन्ला मुख्यमन्त्री

प्रदेश ६ मा को बन्ला मुख्यमन्त्री

जाजरकोट : प्रदेश ६ को मुख्यमन्त्रीको भाग वाम गठबन्धनले माओवादी केन्द्रलाई दिने सहमति गरेपछि कालिकोटका महेन्द्रबहादुर शाही र जुम्लाका नरेश भण्डारीमध्ये कसले मुख्यमन्त्रीमा बाजी मार्लान्, अड्कलबाजी काट्न थालिएको छ।

प्रदेश ६ को प्रदेशसभा पहिलो बैठक आइतबार बस्दै छ। तर, यी दुई नेताबीचको रस्साकस्सीले अहिलेसम्म माओवादी केन्द्रले मुख्यमन्त्रीको उम्मेदवार टुंगो लगाउन सकेको छैन। शाही र भण्डारी दुवैले आआफ्नो दाबी नछाडेपछि शीर्ष नेतालाई मुख्यमन्त्री छान्न निकै सकस परेको छ। शुक्रबार प्रदेश ६ र ७ का प्रदेश इन्चार्जसहित काठमाडौंमा बसेको माओवादी केन्द्र हेडक्वाटरको बैठकले प्रदेश ७ को मुख्यमन्त्री टुंगो लगाए पनि प्रदेश ६ को मुख्यमन्त्रीको टुंगो लगाउन सकेन। दुवै नेताले दाबी नछाडेपछि यहाँको मुख्यमन्त्रीको पदमा सर्वसहमति जुटाउन शीर्ष नेतृत्वलाई हम्मेहम्मे परेको हो।

मुख्यमन्त्रीलाई नै मुख्य टार्गेट बनाएर हेभिवेटका दुवै नेता प्रदेशमा लडेपछि कसलाई नेतृत्व दिने भन्ने समस्या देखिएको हो। चुनाव जित्ने बित्तिकै उनीहरूले आफू नै मुख्यमन्त्री हुनेगरी छलफल सुरु गरेका थिए। नेतृत्वसँग उनीहरूले बारम्बार लबिङ गरिरहेका छन्।

कालिकोटबाट प्रदेशसभामा निर्वाचित महेन्द्रबहादुर शाही माओेवादी केन्द्रबाट मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन्। माओवादी केन्द्रका सचिवालय सदस्य रहेका उनी आफू मुख्यमन्त्री हुनेमा ढुक्कजस्तै छन्। खड्गबहादुर विश्वकर्माले माओवादी पार्टी छाडेर नयाँ पार्टीमा लागेपछि उदाएका शाही जनमुक्ति सेनाका डिभिजन कमान्डर हुन्। पूर्वमन्त्री शाही मुख्यमन्त्रीकै लागि आफूले प्रतिनिधिसभा नरोजेर प्रदेशसभामा उठेकाले पार्टीले आफ्नै पक्षमा निर्णय गर्ने दाबी गरे। मन्त्री भइसकेको र प्रचण्डलगायत संस्थापन नेतासँग राम्रो सम्बन्ध भएका कारण पार्टी नेतृत्वले उनलाई नै मुख्यमन्त्री बनाउने माओवादी नेताहरूको भनाइ छ।

मुख्यमन्त्रीलाई नै मुख्य टार्गेट बनाएर हेभिवेटका दुवै नेता प्रदेशमा लडेपछि कसलाई नेतृत्व दिने भन्ने समस्या देखिएको हो।
नरेश भर्सेस महेन्द्र कसको पल्ला भारी ?

माओवादीका एक पोलिटब्युरो सदस्यले शाहीको मुख्यमन्त्री हुने सम्भावना ४० र भण्डारीको ६० प्रतिशत भएको बताए। तर, भण्डारी आफू नै मुख्यमन्त्री हुने दाबी गर्छन्। उनले भने, ‘शीर्ष नेतृत्वले चुनावअघि नै अनौपचारिक निर्णय गरिसकेको छ। अब यसलाई औपचारिकता दिन मात्र बाँकी छ। म ढुक्क छु। चुनावअघि नै पार्टी अध्यक्ष कमरेड प्रचण्ड, बादललगायत नेताले प्रदेश ६ को मुख्यमन्त्री तपाईं नै हो। त्यसैले प्रदेशमै लड्ने तयारी गर्नुहोस् भनेपछि म प्रतिनिधिसभा छाडेर प्रदेशसभामा लडेको हुँ। अब धोका होला भन्ने लाग्दैन।’

नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्ष रहेका माओवादी केन्द्रका सचिवालय सदस्य भण्डारी २०६४ सालको संविधानसभामा जुम्लाबाट निर्वाचित बनेका थिए। माओवादी पार्टी फुटेपछि वैद्य समूहमा लागेका भण्डारी रामबहादुर थापासँगै पुरानै पार्टीमा फर्र्किएका थिए।

माओवादी केन्द्रका प्रदेश ६ का इन्चार्ज शक्तिबहादुर बस्नेतले केही दिनमै सहमतिबाट मुख्यमन्त्री कसलाई बनाउने भन्ने टुंगो लगाइने बताए। ‘हामी संवादमै छौं, केही दिनमै टुंगो लाग्नेछ,’ उनले भने। माओवादीको प्रदेश समितिलाई मुख्यमन्त्री छान्ने निर्णय गर्न हेडक्वाटरले निर्देशन दिएअनुरूप पार्टी इन्चार्ज बस्नेत शनिबार सुर्खेत पुगेका छन्। आइतबार प्रदेश समितिको बैठक बस्ने र त्यसले टुंगो लगाउन नसके पुनः हेडक्वाटरले नै अन्तिम निर्णय गर्नेछ। प्रदेश ६ को मुख्यमन्त्री पदले पार्टी अध्यक्ष प्रचण्डलाई समेत अफ्ठेरोमा पारेको छ। दुवै नेतालाई भित्री रूपमा आश्वासन दिएका कारण सकभर प्रचण्ड प्रदेश समितिले नै मुख्यमन्त्रीको टुंगो लगाओस् भन्नेमा छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.