'कतिपय निकाय पैसा र पावरमा बिक्छन्'

'कतिपय निकाय पैसा र पावरमा बिक्छन्'

 

ललितपुर : ललितपुर ३ की प्रतिनिधिसभा सदस्य पम्फा भुसालले नेपालमा कतिपय निकाय ‘रकम र पावर चलखेलअनुसार काम गर्ने’ आरोप लगाएकी छन् ।ललितपुरको सामुदायिक केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ललितपुर महानगरपालिका-१४ द्वारा आयोजित ‘उपत्यकामा अपराधको स्थिति र चुनौती, प्रहरी नागरिक समाजबीच सहकार्यको आवश्यकता’ गोष्ठीमा उनले यस्तो आरोप लगाएकी हुन्।

गोष्ठीकी प्रमुख अतिथि भुसालले त्यस्ता निकाय ‘रकम र पावरमा बिक्दा’ सर्वसाधारणको दुःखकष्ट झेल्नुपर्ने बताइन् । उनले दुई महिनाअघि ललितपुरमा भएको बलात्कारको घटना सम्झाउँदै भनिन्, ‘प्रहरीले उचित ढंगले अनुसन्धान गरेको थियो तर न्यायालयबाट अपराधीले उन्मुक्ती पाएको छ ।’ उनले यस्तै यस्तै कारणले देशको कुनै एउटा निकाय मात्र सक्षम र निष्पक्ष भएर नहुने धारणा राखिन् । कुनै निकायका कर्मचारी अपराधी मात्र नभएर महाअपराधी भएको उनको टिप्पणी थियो ।

प्रहरीको प्रशंसा गर्दै भुसालले ९९ प्रतिशत काम राम्रा गरे पनि एक प्रतिशत काम नराम्रा भएको भन्दै दरबारमार्गमा भएको सामूहिक बलात्कारको मुद्दा उठाइन् । ‘मुद्दा दर्ता गर्न नमान्नु प्रहरीको कमजोरी हो’, उनले भनिन्, ‘यस्ता घटना गोप्य कोठाभित्र गुपचुप मिलाउनु जघन्य अपराध हो ।’ प्रहरीले आवश्यक स्रोतसाधन अभावमा पनि उत्कृष्ट काम गरिरहेको उनले बताइन् । अपराध नियन्त्रण गर्न राज्यले प्रहरीलाई एउटा गाडी मात्र दिएको तर आवश्यक बजेट नदिएको गुनासो गरिन् । ‘पेट्रोलिङमा हिँडेका प्रहरी देख्दा माया लाग्छ’, उनले भनिन्, ‘तैपनि सराहनीय काम गरेको छ ।’

प्रहरी जनताको सम्बन्ध माछापानीको भएकाले सामुदायिक विकास केन्द्र र सामुदायिक प्रहरी केन्द्रको अवधारणा नेपालमा ढिलै भए पनि सुरु भएकोमा खुसी व्यक्त गर्दै ललितपुरलाई लागुऔषधमुक्त क्षेत्रका रूपमा चिनाउन प्रतिबद्धता जनाइन् ।

प्रहरी पार्टीमुखी हुनु हुँदैन : एआईजी चन्द

कार्यक्रमका विशेष अतिथि प्रहरीका एआईजी जयबहादुर चन्दसँग सहभागीहरूले अनेकौं प्रश्न सोधेका थिए । प्रहरीको व्यवहारप्रति चित्त नबुझेको भन्ने प्रश्नमा उनले अहिले प्रहरीको व्यवहार परिवर्तन भएको बताए । उनले प्रहरी संगठनमा राजनीतीकरण गरिएको बताए । आफू सामन्ती संस्कृतिमा हुर्किएको भए पनि त्यसमा परिवर्तन गर्न लागिपरेको र परिवर्तन देखिएको उनले बताए । प्रहरीका सबै निकाय जनमैत्री हुनुपर्ने, कमजोर, गरिब, निमुखाका लागि प्रहरी हुनुपर्ने अभिव्यक्ती दिए ।

कतिपय प्रहरी कर्तव्यप्रति जिम्मेवार नभएको उनको भनाइ थियो । उनले भने, ‘प्रहरी जनताका सेवक हुन् ।’ मालपोतजस्ता सरकारी कार्यालयमा कर्मचारीको व्यवहार राजा वा मालिकको जस्तो भए पनि प्रहरी सुध्रिएको बताए । उनले आईजीपी प्रकरणमा क्याबिनेटले निर्णय गर्ने भएकाले राजनीतीकरण हुनु स्वाभाविक भएको बताए । उनले भने, ‘राज्यले जसलाई विश्वास गर्छ उसैलाई नियुक्त गर्छ । भारतमा दुई वर्ष जुनियरलाई आर्मी चीफ बनाएको प्रसंग कोट्याउँदै उनले भने, ‘नम्बरले कुनै फरक पार्दैन । प्रहरी भनेको जनतामुखी हुनुपर्छ, पार्टीमुखी हैन।’

वडा १४ का अध्यक्ष तथा प्रहरी एआईजी डा गोविन्दबहादुर थापा क्षेत्रीले ‘पब्लिक पुलिस’ अवधारणा प्रष्ट्याउँदै सर्वसाधारणसँग आत्मीय सम्बन्ध हुनुपर्ने बताए । उनले सबैखाले अपराध बढेको तथ्यांक सार्वजनिक गरेका थिए । प्रहरीमाथि अपराधको चाप बढिरहेको भए पनि झन्झटिलो कानुनी प्रक्रियाले ४४ प्रतिशत मुद्दा प्रहरीले सफल बनाउन नसकेको जानकारी दिए । जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालत पुग्दा केवल ५६ प्रतिशत जनतालाई मात्रै प्रहरीले सफल सेवा दिनसकेको उनले बताए ।

ललितपुर महानगरपालिका-१४ मा झगडा, लागुऔषध, ग्याङ फाइट धेरै बढेपछि नियन्त्रण गर्न २०५६ सालमा सामुदायिक प्रहरी सेवा केन्द्र स्थापना भएको थियो । स्थापनाकालमा यहाँ मासिक करिब दुई सय अपराधिक घटना दर्ता हुने गरेको प्रहरीले जानकारी दियो ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.