प्रदेश राजधानी हेटौंडा अपायक : गगन थापा

प्रदेश राजधानी हेटौंडा अपायक : गगन थापा

बनेपा : पूर्वस्वास्थ्यमन्त्री एवं काग्रेस युवा नेता गगन थापाले प्रदेश ३ को राजधानी हेटौंडा अपायक भएको बताएका छन् । उनले भौगोलिक र प्रदेशको केन्द्रको हिसाबले हटौंडाभन्दा काभ्रे नै उपयुक्त भएको बताएका छन् ।

शनिबार काभ्रेको बनेपामा ५० पटकभन्दा बढी रक्तदान गर्नेहरूको सम्मान कार्यक्रममा बोल्दै थापाले प्रदेश ३ का १३ जिल्लामध्ये अधिकांशलाई हेटौंडा अपायक भएको बताउँदै स्थायी राजधानी काभ्रे नै बनाउनुपर्नेमा जोड दिए । । ‘सेवा सुविधाका हिसाबले सबैलाई पायक पर्ने ठाउँ काभ्रे उपयुक्त छ ।’ उनले थपे, ‘राजधानीका लागि आवश्यक पूर्वाधार र सहजताका हिसाबले काभ्रे उपयुक्त भएकाले काभ्रेलाई प्रदेश राजधानी बनाउन पहल गरिरहेका छौं ।’ हाल सरकारले गरेको अस्थायी राजधानी जनचाहनाअनुरूप सार्न मिल्ने बताउँदै स्थायी राजधानी काभ्रे नै बनाउन आफूले पहल गर्ने बताए ।

कार्यक्रममा बोल्दै थापाले आफू स्वास्थ्यमन्त्री भएको समयमा गरेको महत्वपूर्ण निर्णयका केही काम हुँदै गरेको र केही रोकिएको जानकारी दिए । ‘सरकार परिवर्तन भएसँगै केही कार्यान्यवनको चरणमा रहेको छ, भने केही महत्वपूर्ण निर्णय रोकिएकाले त्यसको कार्यान्यवनका लागि पहल गरिरहेको छु,’ उनले भने।

कार्यक्रममा रक्तसञ्चार केन्द्रकी डा. मनीता राजकर्णिकारले सरकारले छुटै बजेटको व्यवस्था गरेर रक्तसञ्चारकेन्द्रलाई व्यवस्थित बनाउन आग्रह गरिन् । कार्यक्रम अमेरिकामा रहेका अर्जुनप्रसाद मैनालीको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी खरिबोट र काभ्रे उपशाखा, लायन्स क्लब अफ काभ्रे र ब्लड डोनर्स एसोसियसन काभ्रेको संयुक्त आयोजनामा ५० पटकभन्दा बढी रक्तदान गर्ने १० जनालाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.