आर्सनल र म्यानचेस्टर युनाइटेडको सहज जित, म्यानचेस्टर सिटी बराबरीमा रोकियो

आर्सनल र म्यानचेस्टर युनाइटेडको सहज जित, म्यानचेस्टर सिटी बराबरीमा रोकियो

काठमाडौं : इंग्लिस प्रिमियर लिगको शनिबारको खेलमा लिग लिडर म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ। अर्को खेलमा आर्सनलले इभर्टनमाथि सानदार जित निकाल्न सफल भएको छ।

म्यानचेस्टर सिटीले बर्नलीसँग १-१ को बराबरी खेल्यो, म्यानचेस्टर युनाइटेडले हडर्ल्सफिल्डलाई २-० ले हराउँदा आर्सनलले इभर्टनमाथि ५-१ को सानदार जित निकाल्यो।

२२ औ मिनेटमा डानिलोको गोलबाट अग्रता बनाएको म्यानचेस्टर सिटीले लामो समयसम्म उक्क्त अग्रतालाई यथावत राखेको थियो। ८२ औं मिनेटमा बर्नलीका लागि जोन बर्ग गुड्मुण्डसनले गोल गरेपछि म्यानचेस्टर सिटी अंक बाड्न बाध्य भएको थियो।

man-city

अर्को खेलमा लिगको अंक तालिकामा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले हडर्ल्सफिल्डलाई २-० ले पराजित गर्‍यो। पहिलो हाफ बराबरीमा सकिएकोमा म्यानचेस्टर युनाइटेडका लागि पहिलो गोल रोमेलु लुकालुले ५५ औं मिनेटमा गरेका थिए भने दोस्रो गोल साञ्चेसले ६८ औं मिनेटमा गरेका थिए।

man-united

अघिल्लो खेलमा स्वान्सी सिटीसँग स्तब्ध बनेको आर्सनलले भने शनिबारको खेलमा इभर्टनमाथि ५-१ को सानदार जित निकाल्न सफल भयो। आर्सनलको फराकिलो अन्तरको जितका लागि मिडफिल्डर आरोन रामसीले ह्याट्रिक गरे। उनले ६, १९ र ७४ मिनेटमा गोल गरेका हुन। लोरेन्ट कोसिएल्नी १४ औं मिनेटमा र एमरिकले ३७ ओं मिनेटमा गोल गरे। इभर्टनका लागि एकमात्र गोल ६४ औँ मिनेटमा लेविनले गरेका थिए।

arsanal-


बराबरी खेलेको म्यानचेस्टर सिटी २६ खेलबाट ६९ अंकसहित शीर्ष स्थानमा रहेको छ। समान खेल खेलेको म्यानचेस्टर युनाइटेड ५६ अंकका साथ दोस्रो स्थानमा रहेको छ। आर्सलन ४५ अंकका साथ छैटौं स्थानमा रहको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.