खर्च धान्न नसक‍ेर संघीयता असफल हुन सक्छ : डा. महत

खर्च धान्न नसक‍ेर संघीयता असफल हुन सक्छ : डा. महत

विराटनगर : नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले संघीयता सजिलो व्यवस्था नभएको बताएका छन्। नेपालले संघीयतालाई धान्न सक्ने अवस्था नभएको बताउँदै उनले भने, ‘प्रशासनिक र राजनीतिक खर्च बढी छ। खर्च धान्न नसकेर संघीयता असफल हुन सक्छ।'

प्रेस युनियन मोरङले आइतबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता महतले राज्यले धान्न सक्ने र व्यवस्थापन गर्न सक्ने हिसावको संघीयता निर्माणमा आफूले पहिल्यैदेखि जोड दिएको पनि बताए।

प्रशासनिक र राजनीतिक संरचना अत्यन्त खर्चालु भएका कारण संघीयता धान्ने हैसियत मुलुकमा नरहेको उनको तर्क थियो। मितव्ययी बनेर उत्पादनशील क्षेत्रमा मात्र खर्च गर्न सक्दा त्यसले फाइदा पुग्ने उनको भनाइ छ।

‘सरकारले अनुत्पादनशील क्षेत्र र उपभोगमा मात्र खर्च गरिरहेको छ,’ महतले भने, ‘अनुत्पादक क्षेत्रमा कम र विकासमा बढी खर्च गर्दा संघीयता टिक्न सक्छ।’

अहिलेको सरकारमा सुविधाभोगी प्रवृत्ति बढेको उनको टिप्पणी छ। सुशील कोइराला नेतृत्वको सरकारपछिका सबै सरकार खर्चालु स्वभावबाट संचालन भइरहेको र मितव्ययी बन्न नसकेको आरोप उनले लगाए। बढी खर्च गर्ने प्रवृत्तिले संघीयतालाई असफल बनाउने बताउँदै महतले उपभोगमुखी खर्च नियन्त्रण गरेर विकासमुखी खर्च गर्न सुझाव दिए।

उनले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारको काम कारवाहीको आलोचला पनि गरे। भने, ‘जनादेश प्राप्त गरेर कामचलाउ बनिसकेको सरकारले जथाभावी र दूरगामी असर पार्ने खालका नियुक्ति गर्नु गैरजिम्मेवारपन हो। कामचलाउ सरकारले मनलाग्दी नियुक्ति गर्न मिल्दैन।'

कांग्रेसले जिम्मेवार प्रतिपक्षको जनादेश प्राप्त गरेका कारण त्यही भूमिकामा रहनुपर्ने महतको भनाइ छ। उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई लिएर अनाआवश्यक टिप्पणी गरिरहन आवश्यक नरहेको पनि बताए। ‘स्वराजको भ्रमणलाई लिएर अनआवश्यक प्रचार र टिप्पणी गरिरहनु पर्दैन', उनले भने, ‘यो एउटा कुटनीतिक भेटघाट हो।'

महतले स्वराजको भ्रमणलाई नेपालमाथि भारतले लगाएको नाकाबन्दीका कारण बिग्रिएको सम्बन्ध सुधार गर्ने प्रयासका रुपमा लिनु पर्ने बताए। ‘नाकाबन्दीपछि दुई देशको बिग्रिएको सम्बन्ध सुधार गर्न भारतले खोजिरहेको छ', महतले भने, ‘त्यसलाई अनावश्यक टिप्पणी र विरोध गर्नु सस्तो प्रचार खोज्नु मात्रै हो।' महतले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले नेपालका हरेक घटनालाई भारत र चीन विरोधी भनेर भन्न नहुने धारणा राखे।


‘नेपालमा हुने कुनै घटनालाई हस्तक्षेप भएको भन्दै भारत र चीनसँग जोडेर हेरिन्छ,’ उनले भने, ‘त्यो आवश्यक छैन। महतले भारतका कोही नेता आउँदा नेपालका संचार माध्यमले आवश्यक भन्दा बढी प्राथमिकता दिने गरेको पनि बताए। छिमेकी मुलुकसंँग भने सन्तुलित सम्बन्ध राखिनु पर्ने उनको धारणा छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.