जनकपुरमा सुरु भयो २ नम्बर प्रदेश सभा बैठक
जनकपुरः दुई नम्बर प्रदेश सभा बैठक जनकपुरधाममा सुरु भएको छ । निर्वाचित जेष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा प्रदेश सभाको बैठक सुरु भएको हो ।
सिरहा क्षेत्र नम्बर १ क बाट निर्वाचित चौधरीले सभामुखको आशनबाट प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बैठक आह्वानका लागि पठाएको पत्र पढेर बैठक सुरु गरेका हुन् ।
बैठकको सुरुमा राष्ट्रिय गान गाएपछि सहिदहरुको सम्झनामा मौनधारण गरिएको थियो । बैठकमा अहिले प्रदेश सभामा प्रतिनिधित्व गरेका पाँचवटै दलका एक एक जना सदस्यले मन्तब्य राखिरहेका छन् ।