प्रदेश सभा ५ को संसद बैठक बुटवलमा सुरु

प्रदेश सभा ५ को संसद बैठक बुटवलमा सुरु

बुटवलः प्रदेश नम्बर ५ को संसद बैठक बुटवलमा सुरु भएको छ । दिउँसो १ बजेदेखि सुरु भएको संसद बैठकमा अहिले सांसदहरुले बोल्ने क्रम जारी छ ।

प्रदेश सभाको बैठक बुटवल उद्योग वाणिज्य संघको हलमा सुरु भएको हो । रुपन्देहीका जेष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेलले पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गरेका छन् ।

प्रदेश ५ को बैठकको सुरुमा सभामुख पोखरेलले प्रदेशसभा आह्वान सम्बन्धी प्रदेश प्रमुख उमाकान्त झाको पत्र पढेर सुनाएका छन् ।

यो बैठकमा ६ वटा दल एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा र राष्ट्रिय जनमोर्चाका एक एक सदस्यले सम्बोधन गर्दैछन् । एमालेका सांसद शंकर पोखरेलले सम्बोधन गरिसकेका छन् ।

यो बैठकमा अन्तरिम प्रदेशसभा सञ्चालन कार्यविधि पास गर्ने कार्यसूची छ । माघ २८ गतेका लागि सभामुखको निर्वाचन तोक्ने कार्यसूची पनि छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.