प्रदेश ५ लाई सबैभन्दा समृद्ध बनाउँछौंः शंकर पोखरेल

प्रदेश ५ लाई सबैभन्दा समृद्ध बनाउँछौंः शंकर पोखरेल

भैरहवाः प्रदेश नं. ५ को मुख्यमन्त्रीका एक्ला दाबेदार एमाले नेता शंकर पोखरेले यस प्रदेशलाई देशकै सबैभन्दा समृद्ध बनाउन सकिने बताएका छन् ।

प्रदेश नं. ५ को पहिलो संसद बैठक बैठकमा बोल्दै एमालेका संसदीय दलका नेता पोखरेलले संसदको पहिलो बैठकमा प्रदेश पाँच पर्यटकीयस्थलबाटै विकास हुने बताएका हुन् ।

प्रदेशको पहिलो बैठकमा उनले पाँच नम्बर प्रदेशको मुख्य १२ वटै पर्यटकीयस्थलको नाम सम्झिँदै प्रदेशको समृद्धि र विकास पर्यटकीयस्थलबाट नै हुने बताए ।
उनले पाँच नम्बर प्रदेश पुर्ण पर्यटकीयस्थलले भरिएको उल्लेख गर्दै पर्यटकीयस्थलले नै आफ्नो प्रदेश समृद्धिपथमा लम्किने उल्लेख गरे ।

उनले सबैजना एकसाथ अगाडि बढे यस प्रदेशलाई मुलुकमै एक नम्बर प्रदेश बनाउन सक्ने बताए । ‘पाँच नम्बरबाट गरिबी, बेरोजगारी हटाएर प्रदेशलाई समृद्धि बनाउनतर्फ आफुहरु एकसाथ लाग्नुपर्छ’, उनले भने ।

पोखरेलले अहिलेको समय निकै महत्वपुर्ण भएको बताउँदै प्रदेशको समृद्धि र विकास सँगसँगै लानुपर्ने बताए । पोखरेलले निकै कम समयमा धेरै कानुन पनि निर्माण गर्ने भएकाले सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याए ।

बैठकमा माओवादीका कुलप्रसाद शर्मा, कांग्रेसका वीरबहादुर राना, संघीय समाजवादी फोरमा सहश्राम यादव र जनमोर्चा तारा केसी बोलेका थिए । पहिलो बैठक एक घण्टामै सकिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.