प्रदेश ६ को पहिलो प्रदेशसभा बैठक : सेल्फीदेखि सामूहिक तस्बिरसम्म (फोटोफिचर)

प्रदेश ६ को पहिलो प्रदेशसभा बैठक : सेल्फीदेखि सामूहिक तस्बिरसम्म (फोटोफिचर)

सुर्खेत : प्रदेश नम्बर ६ मा संसदको पहिलो बैठक वीरेन्द्रनगरमा सम्पन्न भएको छ। निर्धारित समय भन्दा केही ढिलो गरेर सिचाइँ डिभिजन कार्यालयको भवनमा बसेको बैठक सम्पन्न भएको हो। प्रदेश सभाको बैठकले माघ २९ सभामुख चयन गर्ने निर्णय गरेको छ। आइतबार सम्पन्न प्रदेश सभाको पहिलो बैठकले सभामुखको निर्वाचन सम्वन्धी प्रस्ताव पारित गरेको हो।

पहिलो बैठकले सभामुखको निर्वाचन माघ २९ गते दिउँसो १ बजे तय गरेको छ। जेष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको हो। बैठकमा जेष्ठ सदस्य शाहीले सभामुखको निर्वाचन सम्बन्धी प्रस्ताव निर्णायार्थ पेश गरेका थिए। बैठकले उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो। यस्तै, पहिलो बैठकले प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ सर्वसम्मत पारित गरेको छ।

बैठकमा बोल्ने सांसदले प्रदेश ६ को समृद्धिका लागि एकजुट हुने प्रतिबद्धता जनाएका छन्। हालसम्म यो प्रदेश गरिबी र अभावले थलिएको भए पनि अब स्रोत र साधनको परिचालन गर्नुपर्नेमा जोड दिए।

बैठकमा एमाले सांसद यामलाल कँडेल, माओवादीका महेन्द्रबहादुर शाही, कांग्रेसका जीवनबहादुर शाही र राप्रपाका शोसीला शाहीले धारणा राखेका थिए। पहिलो बैठकमा सहभागी हुन पाउँदा सांसदहरु उत्साहित देखिन्थे। करिब एक घण्टासम्म सञ्चालन भएको बैठकपछि सांसदहरुले आफसमा समूहिक तस्बिर खिचेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.