गुलरियामा पहिलो मेयरकप क्रिकेट हुँदै

गुलरियामा पहिलो मेयरकप क्रिकेट हुँदै

बर्दिया: बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा पहिलो मेयरकप टि–२० क्रिकेट प्रतियोगिता हुँदैछ। गुलरिया नगरपालिकाको सहयोग तथा जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा हुन लागेको प्रतियोगितामा गुलरिया नगरपालिका भित्रका टीमहरु सहभागी छन्।

गुलरियाको खेल मैदानस्थित कर्भडहलमा माघ २५ गते देखि फागुन ४ गते सम्म लिग कम नकआउटको आधारमा खेलाइने क्रिकेट प्रतियोगितामा गुलरिया नगरपालिका भित्रका ८ वटा टीमहरु सहभागी हुने जिल्ला क्रिकेट संघ बर्दियाका अध्यक्ष विनय राजभण्डारीले बताए। उनले भने सबैलाई ४/४ टीममा विभाजन गरी लिग प्रतियोगिताका १२ वटा खेलमा प्रतिस्पर्धा गराइनेछ।

गुलरिया नगरपालिकामै पहिलो पटक आयोजना हुन लागेको मेयरकप प्रतियोगितामा ब्ल्याकवक क्रिकेट क्लब गुलरिया, जनचेतना युवा क्लब खैरी, हिमाली स्पोर्टस् क्लब चौगुर्जी, बर्दियाटाइगर युथ स्पोर्टस् क्लब गुलरिया, जयदुर्गाभवानी क्लब तुल्सिपुर, शिवशक्ति समाज खैरापुर, खैरापुर स्पोर्टस् क्लब र राईजिङ्ग स्टार स्पोर्टस् क्लब गुलरियाबीच खेल हुने आयोजकले जनाएको छ।

सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगितामा प्रथम हुने टीमलाई कप, मेडल, प्रमाणपत्रलगायत नगद २७ हजार ५सय रुपैयाँ र द्वितिय हुने टीमलाई नगद ११ हजार ५सय रुपैयाँ प्रदान गरिने जनाइएको छ। त्यस्तै म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद ५सय तथा म्यान अफ द सिरिजका खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार राशी राखिएको छ।

गुलरिया नगरपालिकाले पहिलो पटक गर्न लागेको मेयरकप क्रिकेट प्रतियोगितामा सहयोग गर्न गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले अग्र्रह गरेका छन्। प्रतियोगिताका सम्बन्धमा जिल्ला क्रिकेट संघ बर्दियाले पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी समेत गराएको छ।

पहिलो पटक भएकाले अनुभव नहुँदा थोरै बजेट विनियोजन भएको भन्दै आगामी वर्षहरुमा खेलकुदका क्षेत्रमा विशेष पहल गर्ने उनको भनाइ छ। क्रिकेट खेलमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन थालेकाले गुलरिया नगरपालिका क्षेत्रबाट पनि क्रिकेटका खेलाडीहरु उत्पादन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित भएको मेयर यादवले प्रष्ट पारे।

उनले थपे राम्रो खेलाडी उत्पादन गर्न सके गुलरिया नगरपालिकाको मात्र होइन देशकै क्रिकेट क्षेत्रको मेरुदण्ड सबल हुन्छ। क्रिकेटको विकासका लागि कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.