फोरमबाट लालबाबु राउत बने संसदीय दलको नेता

फोरमबाट लालबाबु राउत बने संसदीय दलको नेता

जनकपुरधाम : संघीय समाजवादी फोरमले प्रदेश नम्बर २ मा संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ। राउतको नाम संसदीय दलको नेतामा चयन भएपछि उनलाई मुख्यमन्त्री बन्ने मार्गप्रशस्त भएको छ। राउत पर्साबाट प्रदेशसभामा निर्वाचित सांसद हुन्।

फोरमले मुख्यमन्त्री पाए राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने प्रथम व्यक्ति हुनेछन्।

जनकपुरमा शनिबारदेखि बसेको संसदीय दलको नेता छनोटको बैठकले आइतबार अबेर राउतलाई दलको नेतामा चयन गरेको हो। यसअघि दलको नेताका लागि राउतसहित सात जनाले उम्मेदवारी दिएका थिए। तर, सहमतिको लागि प्रयास थालिएपछि अन्यले नाम फिर्ता लिएका हुन्। राउतसँगै संसदीय दलको नेतामा फोरमका कोषाध्यक्ष विजय यादव र शैलेन्द्र साहको दावेदारी देखिएको थियो।

प्रदेश नम्बर दुईमा फोरमको सबैभन्दा बढी २९ सिट रहेको छ। राजपा नेपालको २५ सिटे छ। दुवै मधेसवादी दल मिलेर सरकार बनाउने हुनाले फोरमले मुख्यमन्त्री र राजपाबाट सभामुख पाउने निश्चित छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.