र्मौन अवधि सुरू

र्मौन अवधि सुरू

काठमाडौं : राष्ट्रियसभा निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरू भएको छ। मौन अवधि सुरू भएपछि निर्वाचन नसकिउन्जेल राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र मतदाताले प्रचारप्रसार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ।

आयोगले सञ्चारमाध्यमलाई पनि निर्वाचनमा प्रभाव पार्ने गरी कुनै दल वा उम्मेदवारको पक्ष-विपक्षमा समाचार प्रकाशन÷प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्न रोक लगाएको छ। मौन अवधिमा मतदान केन्द्रको तीन सय मिटरवरिपरि राखिएका दलका प्रचार सामग्री हटाउन, एसएमएस, फेसबुक, भाइबरजस्ता सामाजिक सञ्जालमार्फत मत नमाग्न र निर्वाचन प्रचारप्रसार नगर्न आयोगले अपिल गरेको छ।

राष्ट्रियसभाका लागि ६ वटा प्रदेशमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदै छ। प्रदेश २ मा भने सबै उम्मेदवार निर्विरोध भएकाले मतदान कार्य नहुने आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिए। ३२ सिटका लागि नौ दलका ५२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ।

निर्वाचन आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले निर्वाचित भएको प्रमाणपत्र वा अन्य प्रमाणका आधारमा समेत मतदान गर्न पाउने व्यवस्था गरेको छ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको बैठकले जनप्रतिनिधिले निर्वाचित भएको प्रमाणपत्र, मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। राष्ट्रियसभामा स्थानीय तहका एक हजार ५०३ र प्रदेशसभाका ५५० गरी दुई हजार ५६ मतदाता छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.