प्रदेश ४ मा सभामुखको निर्वाचन फागुन ३ गते

प्रदेश ४ मा सभामुखको निर्वाचन फागुन ३ गते

काठमाडौं : प्रदेश नम्बर ४ प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचन फागुन ३ गतेका लागि तोकेको छ। सोमबार भएको प्रदेशसभाको पहिलो बैठकले आगामी फागुन ३ गते दिउँसो १ बजे प्रदेशसभाको सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो।

वाम गठबन्धनको निर्णयअनुसार प्रदेश नम्बर ४ मा मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रले लिने सहमति बनेको छ।

प्रदेश नम्बर ४ मा उपसभामुखको निर्वाचन फागुन ६ गते गर्ने तयारी छ।

सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि पारित गरेको छ।

पोखरा लेखनाथ महानगरपालिकास्थित नगर विकास प्रशिक्षण केन्द्रमा बसेको प्रदेशसभा बैठकको अध्यक्षता जेष्ठ सदस्य जनकलाल श्रेष्ठले गरेका थिए।

प्रदेश नम्बर ४ मा प्रत्यक्ष र समानुपातिक गरी ६० प्रदेश सभा सदस्य छन्। संघीय संसदका सदस्यहरू प्रदेशसभाको पहिलो बैठकमा दर्शकदीर्घामा थिए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.