प्रदेश नम्बर १ को संसद बैठक विराटनगरमा सुरु

प्रदेश नम्बर १ को संसद बैठक विराटनगरमा सुरु

विराटनगर: प्रदेश नम्बर १ को स‌ंसद बैठक बिराटनगरमा केही बेरअघि सुरु भएको छ । निर्धारित समय भन्दा २० मिनेट ढिलो गरेर सुरु भएको प्रदेश सं‌सद बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ओमप्रकाश सरवागीले गरेका छन् । सरवागी कांग्रेसबाट समानुपातिकतर्फ प्रदेश सांसद बनेका हुन् ।

विराटनगरस्थित जिल्ला समन्वय समितिको भवनमा बसेको यो बैठकको सुरुमा प्रदेश प्रमुख गोविन्द सुब्बाले संसद बैठक सुरु गर्न पठाएको पत्र सरवागीले पढेर सुनाएका थिए ।

प्रदेश १ मा ९३ जना सांसद रहेका छन् । प्रदेश सभामा एमालेबाट ५१, कांग्रेस २१, माओवादी केन्द्र १६, संघीय समाजवादी फोरम ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १–१जना सांसद छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.