प्रदेश १ को बैठक सकियो, २९ गते सभामुखको चुनाव

प्रदेश १ को बैठक सकियो, २९ गते सभामुखको चुनाव

विराटनगरः प्रदेश नम्बर १ को पहिलो संसद बैठक करिब पौने घण्टासम्म बसेर स्थगित भएको छ । पहिलो संसद बैठकमा बोल्दै सांसदहरुले यो प्रदेशलाई सबैले एकजुट भएर समृद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा बोल्दै नेकपा एमालेका सांसद भीम आचार्यले प्रदेश १ लाई समृद्ध बनाउन सत्ता र प्रतिपक्ष नभनी सबैजना मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य मधेसवादी दलका सांसदहरुले पनि अबको ध्यान प्रदेशको समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताएका थिए ।

निर्धारित समय भन्दा २० मिनेट ढिलो गरेर सुरु भएको प्रदेश सं‌सद बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ओमप्रकाश सरवागीले गरेका थिए । सरवागी कांग्रेसबाट समानुपातिकतर्फ प्रदेश सांसद बनेका हुन् ।

विराटनगरस्थित जिल्ला समन्वय समितिको भवनमा बसेको यो बैठकले माघ २९ गते सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ । सुरुमा प्रदेश प्रमुख गोविन्द सुब्बाले संसद बैठक सुरु गर्न पठाएको पत्र सरवागीले पढेर सुनाएका थिए ।

आजको बैठकले माघ २९ गते सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रदेश सभा कार्यसञ्चाल अन्तरिम कार्य विधि पनि पारित गरेको छ । तेस्रो निर्णय सहसचिव धु्रबु घिमिरेलाई संघीय संसद सचिवालय सचिवको अख्तियारी पनि बैठकले दिएको छ ।

प्रदेश १ मा ९३ जना सांसद रहेका छन् । प्रदेश सभामा एमालेबाट ५१, कांग्रेस २१, माओवादी केन्द्र १६, संघीय समाजवादी फोरम ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १–१जना सांसद छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.