भीम आचार्य भन्छन्ः प्रदेशलाई धनी बनाउन सबै मिल्नुपर्छ
विराटनगरः नेकपा एमालेका सचिव तथा प्रदेश नम्बर १ का सांसद भीम आचार्यले अबको मुद्दा आथिृक समृद्धि रहेको बताएका छन् ।
विराटनगरमा आइतबार बसेको प्रदेश सभाको पहिलो संसद बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका दाबेदारमध्ये एक आचार्यले प्रदेशको विकासका लागि सत्ता र प्रतिपक्षी भन्न नहुनेमा पनि जोड दिए ।
‘अब हामी सबै मिलेर जानुपर्छ, आर्थिक समृद्धि अबको मुद्दा हुनुपर्छ, त्यसो गर्न सकेमा प्रदेश समृद्ध बन्ने पक्का छ’, उनले भने, ‘सत्ता पक्षले प्रतिपक्षसँग पनि मिलेर जानुपर्छ ।’
यो बैठकमा स्वतन्त्र सांसद नारायणबहादुर मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद विष्णु तुम्बाहाम्फे, राप्रपाकी सांसद इन्दिरा राई, संघीय समाजवादी फोरम नेपालका सांसद जयराम यादव, नेपाली कांग्रेसका सांसद इन्द्बहादुर आंगबो र माओवादी केद्रका सांसद चन्द्रप्रसाद श्रेष्ठले पनि बोलेका थिए ।