यसरी तुहियो एमाले-माओवादी पहिलो एकता प्रयास

यसरी तुहियो एमाले-माओवादी पहिलो एकता प्रयास

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता छिट्टै हुने बताएका छन् । आइतवार आयोजित प्रेस चौतारी नेपालको वार्षिकोत्सव कार्यक्रममा बोल्दै गौतम दुई पार्टीबीच ६ पटकसम्म एकता प्रयास भइसकेको पनि खुलासा गरेका छन् ।

उनले एकतामा देखिएका समस्या समाधान गर्न अहिले दुई पार्टीका अध्यक्ष लागिरहेको पनि बताए । गौतमले वाम एकता नभएमा नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो दुर्घटना हुने चेतावनी पनि दिएका छन् ।

‘अहिले पनि कम्युनिष्ट पार्टी एक भएनन् भने नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो दुर्घटना हुनेछ’, नेता गौतमले भने । उनले आफ्नो ६ पटकको प्रयासपछि वाम एकता अहिलेको अवस्थामा पुगेको पनि दाबी गरे ।

माओवादीले १० वर्ष लामो सशस्त्र संघर्षको बाटो त्यागेर शान्ति प्रक्रियामा आएदेखि आफुले पार्टी एकता प्रयास थालेको पनि उनको भनाई छ । तर, पहिलो पटकको एकता प्रयास पुरा समय वार्ता पनि नभई भाँडिन पुगेको पनि गौतमले खुलासा गरे ।

'पहिलो पटक २०६३ सालमा एकतका लागि मलाई र बिष्णु पौडेललाई पार्टीले जिम्मेवारी दियो । पछि महासचिवजीले पनि कार्यदलमा बस्ने इच्छा गर्नुभयो, र कार्यदलमा उहाँलाई राखियो', गौतमले पहिलो एकता प्रयासबारे भने, 'माओवादीबाट मोहन वैद्य‘किरण’ हुनुहुन्थ्यो, किरणले नीति सिद्धान्तको एकरुपताको कुरा गर्नुभयो, हाम्रा महासचिवले पनि त्यसैमा हँ हँ गर्नुभयो । अनि एकता वार्ता त्यतिकै स्थगित भयो, पहिलो प्रयास सफल हुन पाएन ।’

नेता गौतमले एकतामा एमालेको ठूलो जिम्मेवारी रहेको बताए । 'एकतामा एमाले गम्भीर भएर लाग्नु पर्छ, माओवादीले नलाग्ने भन्ने त होइन तर हामी ठुलो पार्टी हो', उनले भने,'त्यसकारण हाम्रो जिम्मेवारी ठूलो हुन्छ ।’

उनले मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनतावादको अवस्था अहिले नरहेको बताए । उनले अबको केही समय भित्रै केपी ओली मुलुकको प्रधानमन्त्री बन्ने पनि बताए । मार्क्सले परिकल्पना गरेकै समाजवाद ल्याएर छोड्ने दाबी पनि गौतमले गरे । ‘हामीले मार्क्सले परिकल्पना गरेकै समाजवाद निर्माण गर्छौँ’, नेता गौतमले भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.