हारेकालाई राष्ट्रिय सभामा लाने देउवाको प्रयास ?

हारेकालाई राष्ट्रिय सभामा लाने देउवाको प्रयास ?

काठमाडौं: प्रधानमन्त्री तथा नेपाली क‌ांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हारेका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधिसहितलाई राष्ट्रिय सभामा मनोनयन गर्न पार्टीभित्र छलफल चलाएका छन् । हारेका तीनैजनालाई राष्ट्रिय सभामा मनोनित गर्न लागेको भन्दै कांग्रेस भित्र देउवाको आलोचना पनि सुरु भएको छ। 

हारेकालाई राष्ट्रिय सभामा मनोनित गर्न लागेको भन्दै कांग्रेस भित्र देउवाको आलोचना पनि सुरु भएको छ। सबै प्रदेशबाट ५६ जनाको निर्वाचन माघ २५ गते सकिएलगतै सरकारले बाँकी तीनमा मनोनयन गर्नेछ । राष्ट्रियसभामा एक महिलासहित तीनजनालाई सरकारी सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

कांग्रेसको नेतृत्वको सरकारले मनोनित गर्ने तीनजनाबारे अहिले चर्चा हुन थालेको छ । देउवाले पौडेल र निधि अन्य नेतालाई मनोनयन गर्ने विषयमा छलफल चलाएका स्रोतको दाबी छ ।

सकेसम्म हारेकालाई राष्ट्रिय सभामा नलाने, लानैपरेमा पौडेल, निधि र अन्य नेताबाट पर्न सक्ने कांग्रेस स्रोत बताउँछ । ‘जहाँसम्म चुनावी प्रक्रियामा सहभागी भएर चुनाव हारेकालाई राष्ट्रिय सभामा लगिदैन’, देउवानिकट एक कांग्रेस नेताले भने, ‘हार्ने लानुपर्ने अवस्था आएमा उहाँहरु (पौडेल र निधि ) नै पर्न सक्नुहुन्छ ।’

देउवाको प्रस्ताव वामले मानेन

देउवाले पत्नी आरजु देउवासहित एमाले नेता वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लान गरेको प्रस्तावलाई एमाले र माओवादीले अस्वीकार गरेका थिए ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पौडेल, आरजु र निधिलाई राष्ट्रिय सभामा मनोनयन गर्ने कुरा हल्ला मात्रै भएको बताए । उनले पार्टीमा त्यस विषयमा चर्चा नभएको दाबी गरे । राष्ट्रिय सभाको ५६ जनाको निर्वाचन सबै प्रक्रिया सकिएपछि मनोनितका विषयमा छलफल हुने बताए ।

‘यो सरकारले गर्ने काम हो, पार्टीभित्र यस विषयमा छलफल भएको छैन, अरु चुनाव सकिएपछि यो विषयले प्रवेश पाउँछ’, उनले भने । प्रवक्ता शर्माले राष्ट्रिय सभाका तीनजनाको मनोनयन भने देउवा सरकारले नै गर्ने बताए ।

‘राष्ट्रिय सभाका ५६ जनाको निर्वाचन यो सरकारले गर्ने, तर बाँकी तीनजनालाई अर्को सरकारले मनोनयन गर्ने भन्ने हुँदैन', उनले भने, 'यही सरकारले सम्पूर्ण निर्वाचन पूरा गर्छ र गर्नुपर्छ ।’

कांग्रेसकै युवा नेता रामहरि खतिवडाले हारेका नेतालाई राष्ट्रिय सभामा मनोनित गर्नु नहुने बताए । उनले हारेकालाई मनोनयन गरिएमा पार्टीमा विवाद बढ्ने् बताए । सभापति देउवा समेत हारेका व्यक्तिलाई राष्ट्रिय सभामा लाने पक्षमा नरहेको दाबी गरे ।

'म पनि सभापतिसँग नजिकै छु, मलाई लाग्दैन की उहाँले हारेका व्यक्तिलाई राष्ट्रिय सभा लानुहुन्छ', उनले भने । खतिवडाले बुद्धिजीवी र समाजसेवीमध्येबाट राष्ट्रिय सभामा लाने विषयमा चर्चा भइरहेको बताए ।

वरिष्ठ नेता पौडेल, निधि, शेखर कोइराला र विश्वप्रकाश शर्मादेखि आफूसम्मले कल्पना पनि नगरेको हार भोग्नुपरेको उनले बताए । ‘हामी धेरैले कल्पना नगरेको हार बेहोरेका छौँ', उनले भने, 'तर अब हारेकालाई राष्ट्रिय सभामा लानु हुँदैन, त्यो खेलमा कोही पनि लाग्नु हुदैन ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.