को को बन्दैछन् प्रदेश सभाका सभामुख ?

को को बन्दैछन् प्रदेश सभाका सभामुख ?

काठमाडौं: फागुन ३ भित्र सातवटै प्रदेशमा सभामुख चयन गरिसक्नुपर्ने भएको छ । सातै प्रदेशमा सभामुख निर्वाचनको मिति तोकिएसँगै सभामुखका दाबेदारको पनि चर्चा चल्न थालेको छ । सबै प्रदेशमा को को बन्दैछन् त पहिलो प्रदेश सभामुख ?

प्रदेश १

प्रदेश १ मा सभामुखको लागि माघ २९ गते निर्वाचन हुने भएको छ । मुख्यमन्त्रीको लागि रस्साकस्सी भइरहेको प्रदेश १ मा सभामुखको चर्चा भने कमै भएको छ ।

यहाँ पनि प्रदेश सभाको पहिलो बैठकसँगै सभामुखको चर्चा हुनु थालेको छ । एमालेको बहुमत रहेको प्रदेश सभामा मुख्यमन्त्रीसँगै सभामुख पनि एमालेले पाउने भएको छ । सभामुखका लागि पाँचथर क्षेत्र नम्बर १ ‘क’का गणेशकुमार काम्वाङ र समानुपातिक सांसद उषाकला राईले दाबेदारी गरेका छन् ।

सुनसरी क्षेत्र ४ ‘ख’का सांसद जगदिश कुसियत र सर्वध्वज साँवाको नाम समेत सभामुखा चर्चामा छ । प्रदेश १ मा एमालेका सचिव भीम आचार्य र पोलिब्यूरो सदस्य शेरधन राईले मुख्यमन्त्रीको दाबी गरेको छन् । केन्द्रीय सदस्य जीवन घिमिरेको समेत मुख्यमन्त्रीमा दाबेदारी रहेको छ ।

प्रदेश २

प्रदेश २ मा मधेसवादी राष्ट्रिय जनता पार्टीले सभामुख पाउने भएको छ । प्रदेश दुईमा सबैभन्दा ठुलो दल संघीय समाजवादी फोरमले संसदीय दलको नेतामा मोहमद लालबाबु राउतलाई चयन गरेको छ ।

राउत प्रदेश २ को मुख्यमन्त्री हुने भएका छन् भने मधेसवादी दल राजपाले सभामुख पाउने छ । सभामुखमा राजपा महासचिव मनिषकुमार सुमन र वरिष्ठ उपाध्यक्ष नबल किशोर साहको चर्चा छ । मुख्यमन्त्रीकै दाबेदारी गरिरहेका सुमनलाई सभामुखको बलियो उम्मदवारको रुपमा हेरिएको छ । प्रदेश २ मा फागुन २ गते सभामुख चयन गरिनेछ ।

प्रदेश ३

प्रदेश ३ ले पहिलो सभामुख चयन गर्दैछ । माघ २७ गते प्रदेश ३ को सभामुख चयन हुनेछन् । एमालेको स्पष्ट बहुमत रहेको प्रदेश तीनमा मकवानपुर क्षेत्र नम्बर १ 'ख' का सांसद डोरमणि पौडेल सभामुखको लाइन अग्रपंतिमा छन् ।

जेष्ठ सांसदको हैसियतले पहिलो बैठकमा उनले सभामुखको भुमिका निर्वाह गरिसकेका छन् । पौडेल नभएमा मुख्यमन्त्रीको दाबेदारी गरेका अरुण नेपाल, पशुपति चौलागाईँ, केशव स्थापित र रामेश्वर फुयाँलमध्येबाट समेत सभामुख हुनसक्छन् ।

प्रदेश ३ मा पार्टी उपाध्यक्ष अष्ठलक्ष्मी शाक्य र पोलिब्यूरो सदस्य राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री दाबेदारी गरेका छन् ।

प्रदेश ४

प्रदेश ४ मा माओवादीले सभामुख पाउने छ । प्रदेश ४ मा फागुन ३ गते प्रदेशको सभामुखको निर्वाचन हुनेछ । माओवादीबाट विजयी तनहुँ क्षेत्र २ 'क' की आशा कोइरालाले सभामुखमा दाबेदारी गरेकी छन् ।

कोइरालासँगै पर्वतका नेत्रनाथ अधिकारी र स्याङ्जाका दीपक थापा लगायतको पनि सभामुखमा चर्चा छ । प्रदेश ४ मा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङ र प्रदेश संयोजक किरण गुरुङ मुख्यमन्त्रीका प्रतिस्पर्धी हुन् ।

प्रदेश ५

प्रदेश ५ मा माओवादीले सभामुख बनाउने छ । फागुन २ गते सभामुख चयन हुनेछ । पूर्वी रुकुमको क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित पूर्णबहादुर घर्तीमगरलाई प्रस्तावित गरिएको छ ।

बाँके क्षेत्र नं. ३ ‘क’का सांसद एवम् माओवादीका पोलिब्यूरो सदस्य आइपी खरेलले पूर्णबहादुर घर्तीको नाम पार्टीले सिफारिस गरिसकेको जानकारी दिए ।

गुल्मीका सुर्दशन बरालको सभामुखका नाम चर्चामा छ । प्रदेश ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल सर्वसम्मत एमाले संसदीय दलका नेता भइसकेका छन् । पोखरेल मुख्यमन्त्री हुने निश्चित भइसकेको छ ।

प्रदेश ६

प्रदेश ६ मा एमालेको भागमा सभामुख परेको छ । एमालेबाट मुख्यमन्त्रीको दाबेदारी गरेका प्रदेश इन्चार्ज यमलाल कँडेल र प्रकाश ज्वाला मध्ये एक सभामुख हुनेछन् । दुवैले मुख्यमन्त्री नपाउने भएपछि सभामुखमा दाबी गरेका छन् ।

कँडेल सुर्खेत क्षेत्र २ ‘क’बाट निर्वाचित भएका हुन् भने ज्वाला सल्यान क्षेत्र नम्बर १ 'ख'बाट निर्वाचित भएका हुन् । माघ २९ गते चुनाव हुँदैछ । प्रदेश ७ मा माओवादी नेता महेन्द्रबहादुर शाही र नरेश भण्डारीमध्ये एकजना मुख्यमन्त्री हुनेछन् ।

प्रदेश ७

प्रदेश ७ मा एमालेले पाउने भएको छ । प्रदेश ७ मा सभामुखका धेरै आँकाक्षी देखिएका छन् । कैलाली क्षेत्र नम्बर ४ ‘क’कादीर्घ सोडारी, डोटीकी समानुपतिक संसाद पूर्णा जोशी, कञ्चनपुर क्षेत्र नम्बर १ ‘क’का तारा लामा तामाङ र डडेधुरा क्षेत्र नम्बर १ कका पठानसिंह बोहरा र बजुरा क्षेत्र नम्बर ‘ख’ प्रकाशबहादुर शाह सभामुखका दाबेदार हुन् । प्रदेश ७ मा माघ २९ गते सभामुखका निर्वाचन हुदैछ । यो प्रदेशमा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्रीका लागि सिफारिस भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.