प्रदेश ६ को मुख्यमन्त्रीमा शाही-भण्डारी टक्कर, माओवादीलाई सकस

प्रदेश ६ को मुख्यमन्त्रीमा शाही-भण्डारी  टक्कर, माओवादीलाई  सकस

सुर्खेत: नेकपा माओवादी केन्द्रलाई आफ्नो भागमा परेको प्रदेश नं ६ को मुख्यमन्त्री छान्न गर्न निकै सकस परेको छ ।

प्रदेशसभाको मुख्यमन्त्रीमा दाबी गरिरहेका जुम्ला (क) का सांसद नरेश भण्डारी र कालीकोट (ख) का सांसद महेन्द्रबहादुर शाहीबीच निकै रस्साकस्सी चलिरहेको छ ।

दुवै संसद्हरुले मुख्यमन्त्रीका लागि आफ्नो अडानबाट पछि नहटेपछि छनोट प्रक्रिया लम्बिएको पूर्व गृहमन्त्री तथा नेकपा माओवादी केन्द्र ६ नं प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतले बताए ।

'राष्ट्रियसभाको निर्वाचन आउन एक दिनमात्रै बाँकी रहेकाले आजभोलि नै मुख्यमन्त्रीको टुङ्गो नलाग्ने र निर्वाचनलगत्तै छनोट प्रक्रिया अघि बढ्छ', उनले भने । मुख्यमन्त्रीको टुङ्गो सहमतिबाटै लगाउने र त्यसका लागि भरमग्दुर प्रयास भइरहेको उनको भनाइ छ ।

सांसद् भण्डारीले पार्टी नेतृत्वले नै मुख्यमन्त्री बनाउने वचन दिएकाले प्रदेशसभामा आएको बताउँदै यसमा शुरुदेखि नै आफ्नो दाबी रहेको उल्लेख गरे । पार्टी नेतृत्वले आफ्नै पक्षमा न्यायिक निर्णय गर्नेमा ढुक्क रहेको उनले बताए ।

अर्कातिर कालिकोट 'ख' बाट भारी मतसहित विजयी संसद् शाहीले पनि आफू मन्त्री भइसकेकाले अन्य पदमा बस्न नचाहेकाले पार्टीले नै मुख्यमन्त्री बनाउने आश्वासन दिएकाले प्रदेशसभामा आएको बताए ।

प्रतिस्पर्धाभन्दा पनि पार्टीले आफ्नो पक्षमा नै निर्णय गर्ने उनको भनाइ थियो । मुख्यमन्त्रीका लागि भने संसद्द्वय भण्डारी र शाहीले नेतृत्वसँग लविङ बढाइरहेका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.