'एमाले-माओवादी मिलिसके, औपचारिक घोषणा मात्रै बाँकी'

'एमाले-माओवादी मिलिसके, औपचारिक घोषणा मात्रै बाँकी'

सुर्खेत: नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले नेकपा एमाले र माओवादी केन्द्रबीच औपचारिकता बाहेक पार्टी एकता भइसकेको बताएका छन् ।

'अब एकता घोषणा हुन मात्र बाँकी छ, त्यसका लागि सकारात्मक छलफल भइरहेको छ', प्रेस सेन्टर प्रदेश नं. ६ सुर्खेतद्वारा आयोजित कार्यक्रममा उनले भने, 'दुवै पार्टीका नेताहरुको कार्य विभाजन भएपछि एकताको मिति घोषणा हुनेछ ।'

नेता शर्माले एकताबाट बन्ने पार्टीको अध्यक्षको विषयमा दुवै पार्टीका अध्यक्षबीच सकारात्मक छलफल भइरहेको बताउँदै एकता प्रक्रिया जनअनुमोदित भइसकेकाले यसमा कुनै शंका नगर्न आग्रह गरे ।

'पार्टीको एकताको विपक्षमा जाने छुट कसैलाई छैन', उनले भने 'भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले एकतामा कुनै प्रभाव पार्ने छैन् ।'

मुख्यमन्त्रीको टुङ्गो चाँडै

पत्रकार भेटघाटमा नेता शर्माले माओवादीको भागमा परेको प्रदेश नं ६ को मुख्यमन्त्रीको टुङ्गो माघ २५ गते निश्चित रुपमा लाग्ने बताए । यसको टुङ्गो लगाउन पार्टीको विधि पद्धतिअनुसार अघि बढ्ने उनले बताए । मुख्यमन्त्री छनोटका लागि सहजीकरण गर्न आफू सुर्खेत आइपुगेको पनि उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.