युएईका क्यापक्यापमा ‘दुई थोपा हाँसो’
युएई : सिस्नुपानी नेपाल र गैरआवासीय नेपाली संघको आयोजनामा युएईका विभिन्न क्षेत्रका लेबर क्यापमा जारी हास्यव्यङ्ग्य तथा जनचेतनामूलक कार्यक्रम ‘दुई थोपा हाँसो’ को यात्रा २०७४ समापन भएको छ।
वैदेशिक रोजगारीमा आएका नेपालीप्रति लक्षित कार्यक्रम गतवर्षबाट विभिन्न देशमा हुँदै आएको छ। परिवार जनबाट टाढा रहेर दिनरातको कामले थकित मजदुरको मुहारमा हाँसो ल्याउने उद्देश्यले सञ्चालित कार्यक्रम मजदुर क्यापमा निशुल्क हुने हुँदा धेरैको सहभागीता हुने गर्दछ।
समसामयिक विषय वैदेशिक रोजगारीका सिलसिला हुने ठगी, मानव बेचबिखन, हुन्डी जस्ता विषयलाई व्याङ्यात्मक तरिका बाट जनचेतना जगाउने साथै योग व्यायाम कार्यक्रमका मुख्य आर्षक हुने गरेका छन्। माघ १८ बिहीबार युएईको राजधानी अबुधाबी बाट सुरु भएको शृङ्खला दुबई, सारजा, अलएन हुँदै फुजेईरामा पुगेर माघ २२ गते समापन भएको छ।
'दुई थोपा हाँसो' अभियानमा सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, उपाध्यक्ष कवि अर्जुन पराजुली र हास्यकलाकार मनोज गजुरेल, महासचिव टंक आचार्य साथै डा. रवीन्द्र समीरको टिम रहेको छ। युएईको यात्रा पश्चात बहराई र ओमान जाने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन्।कार्यक्रमको प्रायोजनमा नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड, नेपाल राष्ट्र बैंक, इलिस्टन कलेज, ग्लोबल आईएमई बैंकलगायतको सहभागीता रहेको छ।