३ सय ५ मतदाता, दुई मतदान स्थल

३ सय ५ मतदाता, दुई मतदान स्थल

घोराही : राष्ट्रियसभा निर्वाचनको लागि दाङमा तयारी लगभग पूरा भएको छ। प्रदेश ५ का निर्वाचन अधिकृत हेमन्त रावलले निर्वाचनको तयारी पूरा भएको बताए। निर्वाचनको लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको र मतदानका लागि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए।

एउटा मतदान केन्द्रमा प्रदेश सांसद र अर्को केन्द्रमा स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्ने गरी मतदान केन्द्रको व्यवस्थापन गरिएको छ। ‘सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘अब मतदानको समय कुरिरहेका छौं। निवार्चनमा प्रदेश ५ मा तीन सय पाँच जना मतदाता रहेका छन् भने तिनको मतभार ८१ सय रहेको छ।

निर्वाचन अधिकृत रावलका अनुसार प्रदेश ५ मा ८७ जना प्रदेशसभा सदस्य र दुई सय १८ जना स्थानीय तह प्रमुख/उपप्रमुख छन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार प्रतिव्यक्ति १८ निर्धारण गरिएको छ। आठ जना चुनिनुपर्नेमा तीन जना निर्विरोध निर्वाचित भए पनि अब पाँच जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचित हुन लागेका छन्।

तीन जना अन्य, एक जना दलित, एक जना अपांगता र अल्पसंख्यकबाट गरी पाँच जनाका लागि निर्वाचन हुने रावलले बताए। यसअघि नै तीन जना महिला एमालेबाट कोमल वली (दाङ), एमालेकै मीना बुढा (रोल्पा) र कांग्रेसका अनिता देवकोटा (दाङ) निर्विरोध निर्वाचित भइसकेका छन्। मतदानबाट पाँच जना निर्वाचित हुने भए पनि प्रतिस्पर्धामा आठ छन्। दाङमा प्रदेश ५ अन्तर्गत १२ जिल्लाका प्रदेशसभा र स्थानीय तहका निर्वाचित पदाधिकारीहरू मतदानका लागि दाङ आइसकेका छन्।

मतदान अधिकृत रावलले मतदानस्थल, मतगणनास्थलको छनोट, मतपत्रहरू आइसकेको, सुरक्षा व्यवस्थालगायत सबै तयारी पूरा भएको बताए। दुई वटै मतदान केन्द्रमा मतदान अधिकृतसमेत तोकिइसकिएको उनले जानकारी दिए। प्रदेश सांसदहरूले मतदान गर्ने केन्द्रको अधिकृतमा सरकारी वकिल चन्द्रबहादुर सिञ्जाली र स्थानीय तह प्रमुख/उपप्रमुख मतदाता रहेको केन्द्रमा जिल्ला शिक्षा कार्यालयका उपसचिव विनोद गौतमलाई खटाइएको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.