राष्ट्रिय सभा निर्वाचन : प्रदेश ५ मा मतदान जारी

राष्ट्रिय सभा निर्वाचन : प्रदेश ५  मा मतदान जारी

दाङ : राष्ट्रिय सभा निर्वाचनको लागि दाङमा प्रदेश ५ को मतदान जारी छ।५ नम्बर प्रदेशबाट राष्ट्रिय सभामा सहभागि हुने पाँचजना सदस्यका लागि मतदान सुरु भएको हो। बिहान १० बजेदेखि मतदान भनिएको भए पनि केहि समय ढिला गरेर सुरु भएको थियो।

निर्वाचन अधिकृत हेमन्त रावलले प्रदेशबाट आठजना सदस्य सहभागि हुनु पर्ने भएपनि तीनजना पहिले नै निर्विरोध भइसकेको हुँदा अन्य ५ जनाका लागि मतदान भएको बताए।

तीन बजेसम्म जारी रहने मतदानमा ३ सय ५ जना मतदाता रहेका छन। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा प्रदेशसभा र स्थानीय तहका फरक फरक मतदान स्थलबाट मतदान भइरहेका हो।

एउटा मतदान केन्द्रमा प्रदेश सांसद र अर्को केन्द्रमा स्थानीय तहका प्रमुख उपप्रमुखहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। निवार्चनमा ५ नम्बर प्रदेशमा ३ सय ५ जना मतदाता रहेका छन्। भने ८१ सय मतभार रहेको छ। निर्वाचन अधिकृत रावलका अनुसार ५ नम्बर प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य र २ सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख छन्।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार प्रति व्यक्ति १८ निर्धारण गरिएको छ। ८ जना चुनिनु पर्नेमा तीन जना निर्विरोध निर्वाचित भए पनि अब ५ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो। तीनजना अन्यबाट, एकजना दलितबाट र एकजना अपाङ्गता र अल्पसंख्यकबाट गरी ५ जनाको लागि मतदान भएको हो।

यसअघि नै तीनजना महिला नेकपा एमालेबाट कोमल वली (दाङ), एमालेकै मीना बुढा (रोल्पा) र नेपाली कांग्रेसको तर्फबाट अनिता देवकोटा (दाङ) निर्विरोध निर्वाचित भइसकेका छन्।पाँचजना निर्वाचित हुने भएपनि प्रतिस्पर्धा ८ जनाको बीचमा हुन लागेको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.