यसरी हुँदैछ राष्ट्रिय सभा निर्वाचन (फोटो फिचर)

यसरी हुँदैछ राष्ट्रिय सभा निर्वाचन (फोटो फिचर)

काठमाडौँः राष्ट्रिय सभाको ५६ सदस्यका लागि बुधबार देशका सातै प्रदेशमा मतदान भइरहेको छ । मतदानमा स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सभा र प्रतिनिधि सभाका सांसदहरुले मतदान गरिरहेका छन् ।

प्रदेश नं ७ का लागि डोटीमा राष्ट्रियसभा निर्वाचन भइरहेको छ । डोटीस्थित मुख्य निर्वाचन कार्यालयले बिहानदेखि राष्ट्रियसभा सदस्यका लागि निर्वाचनमा मतदान भइरहेको जनाएको छ ।

यहाँका सबै जिल्लाबाट मतदान गर्ने प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं नगरप्रमुख र उपप्रमुख मतदानस्थल पुगेका छन् । उनीहरु लामबद्ध भएर मतदान गरिरहेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को पोखरामा मतदान सकिएको छ । अहिलेसम्म प्रदेश ३, ४ र ५ मा मतदान सकएिको छ । बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

एक नम्बर प्रदेशका विराटनगरमा मतदान जारी छ भने प्रदेश २ मा सबै आठैजना सदस्य निर्विरोध भइसकेका छन् । यो पटक प्रदेश ४ मा सांसमा विजयी दीपक मनाङ्गेसहित केही मतदाता मतदान गर्न आएनन् । प्रदेश ५ मा राजपाकी सांसद बिना पन्त, फोरमबाट गाउँपालिका अध्यक्ष जितेका बाँके नरैनापुरका इस्तियाक अहमद साह मतदान गर्नै आएनन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.