राष्ट्रिय सभा निर्वाचन : प्रदेश ७ मा मतदान सकियो

राष्ट्रिय सभा निर्वाचन : प्रदेश ७ मा मतदान सकियो

डोटी : प्रदेश ७ को राष्ट्रिय सभाको निर्वाचनमा मतदान सकिएको छ।जम्मा दुई सय २९ जना मतदाता संख्यामध्ये दुई सय २७ जनाले मतदान गरेका छन्।अनुपस्थित दुईजना मतदातामा राष्ट्रिय जनता पार्टीका तर्फका प्रदेश सभा सदस्य माल्मती राना थारु र कृष्ण चौधरी रहेका छन्।

‘हाम्रो पार्टीका उम्मेदवार छैनन्, प्रदेश सभा सदस्य कृष्ण चौधरीले भने, ‘अरु कसैले आफ्नो लागि भोट मागेनन्।' अन्नपूर्णसँग कुरा गर्दै चौधरीले भने, ‘हाम्रो पार्टीसँग कसैले सहकार्य नगरेका कारण निर्वाचनमा भाग लिएनौं।' बिहान १० बजेदेखि संचालन भएको मतदानमा एक सय ७६ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी सबैले मतदान गरेका छन् भने ५३ जना प्रदेश सभा सदस्यहरु मध्ये ५१ जनाले मतदान गरेका छन्।

मत गणना आजदेखि सुरु हुने बताइएको छ। निर्वाचन अधिकृत जयानन्द पनेरुले दिएको जानकारी अनुसार बेलुका ४ बजेदेखि मत गणना हुनेछ। मत गणना सुरु भएको चार/पाँच घण्टाभित्रै मत परिणाम आउने जनाइएको छ। प्रदेश नम्बर ७ बाट राष्ट्रिय सभा सदस्यमा आठजना सदस्य निर्वाचित हुँदै छन्। आठ जनामा छजना सदस्य यस अगाडिनै निर्विरोध निर्वाचित भइसकेका छन् भने दुईजनाको लागि मात्र मतदान भएको हो।

अन्य समुह र महिला समूहमा अगाडिनै निर्विरोध निर्वाचित भएका हुन् भने दलित समूह र अल्पसंख्यक/अपाङ्ग समूहबाट एक–एक गरी दुईजना सदस्यको लागि मात्र मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

प्रदेश नम्बर ७ मा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा अल्पसंख्यक/अपाङ्गता समुहबाट नेपाली कांग्रेसबाट छत्रराज जोशी र नेकपा माओवादी केन्द्रबाट महेशकुमार महरा उम्मेदवार रहेका छन् भने दलित बाट नेपाली कांगेसको तर्फबाट शेरीराम पार्की र नेकपा एमालेबाट चक्रप्रसाद स्नेही उम्मेदवार रहेका छन्।

निर्विरोध निर्वाचित हुने राष्ट्रिय सभा सदस्यमा अन्य समूह नेपाली कांग्रेसको तर्फबाट बद्रीप्रसाद पाण्डे रहेका छन् भने नेकपा एमालेबाट शेरबहादुर कुँवर रहेका छन्। त्यसैगरी अन्य समुहमा नेकपा माओवादी केन्द्रबाट हरिराम चौधरी निर्विरोध निर्वाचित भएका हुन्।

महिला समूहमा समेत तीनजना सदस्य निर्वाचित हुनुपर्नेमा तीनजना मात्रै उम्मेदवार कायम भएकाले तीनैजना निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित हुने महिला सदस्यहरुमा नेपाली कांग्रेसको तर्फबाट तारादेवी भट्ट, नेकपा एमालेबाट कमलाकुमारी ओली र इन्दु कडरिया रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.