प्रदेश ३ को मुख्यमन्त्री छान्दै एमाले, शाक्य नै निर्विकल्प: नेपाल

प्रदेश ३ को मुख्यमन्त्री छान्दै एमाले, शाक्य नै निर्विकल्प: नेपाल

काठमाडौं: नेकपा एमालेले माघ २६ गते प्रदेश ३ को मुख्यमन्त्री चयन गर्ने भएको छ । प्रदेश नम्बर ३ को एमालेको संसदीय दलको बैठक बसेर मुख्यमन्त्री चयन गर्ने भएको हो ।

एमाले पोलिटब्यूरो सदस्य अरुण नेपालले माघ २६ गते विहान ८ तुलसीलाल स्मृति प्रतिष्ठान बालकुमारीमा संसदीय दलको बैठक बसेर दलको नेता चयन गर्ने बताए । प्रदेश ३ मा एमालेको स्पष्ट बहुमत रहेका कारण संसदीय दलको नेता बन्ने ब्यक्ति नै मुख्यमन्त्री हुनेछ ।

पढ्नुस्: प्रदेश ३ को मुख्यमन्त्रीमा अष्टलक्ष्मीलाई राजेन्द्रको चुनौती

 

प्रदेश ३ मा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिब्यूरो सदस्य राजेन्द्रप्रसाद पाण्डे बीच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा हुने देखिएको छ । अरुण नेपाल, पशुपति चौलागाई, केशव स्थापित, सानुकुमार श्रेष्ठले समेत मुख्यमन्त्रीमा दाबी गरेका छन् । प्रदेश ३ मा कुल ११० मध्ये एमाले मात्रै ५८ सिट जितेको छ ।

प्रदेशका सचिवालय सदस्य समेत रहेको नेपालले कार्तिकमा सचिवालयको बैठक बसेर वरिष्ठता, महिला र नेवार समुदायको समेत भएका कारण शाक्यलाई मुख्यमन्त्री बनाउने सहमति भएको दाबी गरे ।

‘कात्तिककमै हामीले शाक्यलाई मुख्यमन्त्री बनाउने निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गरेका हौं’, उनले भने, ‘यो सिफारिसमा अष्टलक्ष्मी शाक्य, सानुकुमार श्रेष्ठ, म, काशीनाथ अधिकारी र केदार न्यौपानेको सही छ । ’

पढ्नुस्: मुख्यमन्त्री बन्न नेताहरुको दौडधुप

 

उनले राजनैतिक इमान्दारिता र नैतिक दायित्वका कारण आफुले शाक्यविरुद्ध उम्मेदवारी नदिने बताए ।‘सही गर्ने साथीहरुले पनि नैतिक दायित्व र राजनीतिक इमान्दारिता देखाउनु हुन्छ भन्ने मलाई लाग्छ ', उनले भने । शाक्यले उम्मेदवारी नदिएमात्र आफुले उम्मेदावरी दिने नेपालले बताए । ‘उहाँको दाबी रहेसम्म मेरो समर्थन शाक्यलाई हुन्छ’, उनले भने ।

उता अर्का उम्मेदवार पाण्डे भने आफु मुख्यमन्त्री भए छाड्ने बताउँछन् । पाण्डे योग्य र सिनियर पनि आफु नै भएको दाबी गर्छन् । माधव नेपाल समुहबाट उपाध्यक्ष उठेर पराजित पाण्डे अहिले केपी ओली क्याम्पमा पुगेका छन् । शाक्य नेपाल समुहबाट चुनाव जितेर पार्टी उपाध्यक्ष भएकी हुन् ।

पढ्नुस्: यसरी मिल्यो वाम गठबन्धनको भागबन्डा

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.