प्रदेश २ : राष्ट्रियसभाका निर्वाचित सदस्यले पाए प्रमाणपत्र

प्रदेश २ : राष्ट्रियसभाका निर्वाचित सदस्यले पाए प्रमाणपत्र

जनकपुरधाम : प्रदेश नम्बर २ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ। निर्वाचन कार्यालयले बुधबार जनकपुरमा प्रदेश नम्बर २ बाट निर्विरोध निर्वाचित आठजना प्रदेशसभा सदस्यलाई प्रमाणपत्र प्रदान गरेको हो।

प्रदेश नम्बर २ का राष्ट्रियसभा निर्वाचन अधिकृत जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीले निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरेका हुन्। राष्ट्रियसभामा २ नम्बर प्रदेशबाट सम्पूर्ण सदस्य निर्विरोध निर्वाचित भएका हुन्।

राष्ट्रियसभा सदस्यमा खुल्लातर्फ नेपाली कांग्रेसका जीतेन्द्र देव, राजपाका रमेशप्रसाद यादव तथा एमालेका सुमनराज प्याकुरेल निर्वाचित भएका छन्। त्यसैगरी महिला समूहबाट नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव, संघीय समाजवादी फोरमका प्रमिला कुमारी र माओवादी केन्द्रका शशीकला दाहाल निर्वाचित भएका हुन्।

त्यसैगरी अल्पसंख्यक कोटाबाट राजपाका वृषेशचन्द्र लाल र दलित कोटाबाट संघीय समाजवादी फोरमका रामप्रीत पासवान निर्वाचित भएका छन्। राष्ट्रियसभा सदस्यका लागि निर्धारण गरिएको आवश्यक कोटा अनुसार मात्र उम्मेदवारी दर्ता भएपछि प्रदेश नम्बर दुईमा सम्पूर्ण सदस्य निर्विरोध निर्वाचित भएका हुन्।

महिला, दलित र अल्पसँख्यक कोटामा निर्धारण गरिएको सीट अनुसार मात्रै दलहरुबाट उम्मेदवारी दिएको थियो। खुल्ला तर्फ संघीय समाजवादी पार्टीका मोहम्मद अख्तर हुसेनले उम्मेदवारी दिएपनि उनले उम्मेदवारी फिर्ता लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.