प्रदेश ५ मा तीन सय तीन मत खस्यो : मतगणना सुरु

प्रदेश ५ मा तीन सय तीन मत खस्यो : मतगणना सुरु

घोराही : राष्ट्रिय सभा निर्वाचनको लागि दाङमा भएको प्रदेश ५ को मतदान सकिएको छ। ५ नम्बर प्रदेशबाट राष्ट्रियसभामा सहभागी हुने पाँचजना सदस्यका लागि बिहान १० बजेदेखि सुरु भएको मतदान अपरान्ह ३ बजे सकिएको हो।

तीन सय पाँच मतदाता रहेको प्रदेश ४ मा तीन सय तीन मत मात्रै खसेको छ। रुपन्देही बाट प्रतिनिधित्व गर्ने एकजना प्रदेश सांसद विना पन्त र बाँके नरैनापुर गाउँपालिकाका प्रमुख इतिहाक अहमत साहले निर्वाचनमा भाग लिएनन्। दुईजना मत हाल्न नआएपछि ३ सय ३ मत मात्रै खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रदेश नम्बर ५ राष्ट्रिय सभा सदस्य निर्वाचनका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार ५ नम्बर प्रदेशका ८ जना सदस्य निर्वाचन हुने संवैधानिक व्यवस्था अनुरुप माघ १० गते उम्मेदवारी दर्ता भएको र तीनजना महिला कोटाबाट दाङकी काग्रेसकी अनिता देवकोटा, दाङकी नेकपा एमालेकी कोमल वली र रोल्पाकी मीना बुढा निर्विरोध निर्वाचित भए पछि पाँच जनाका लागि बुधबार मतदान भएको हो।

दाङलगायत १२ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख दुई सय १८ र प्रदेश सभासदस्य ८७ जना गरी तीन सय पाँचजना मतदाता थिए। जसमा स्थानीय तहको एकजना र प्रदेश सभाको एक जना अनुपस्थित रहे। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा प्रदेश सभा र स्थानीय तहका फरक फरक मतदान स्थलबाट मतदान भएको हो।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार प्रति व्यक्ति १८ निर्धारण गरिएको छ। आठजना चुनिनु पर्नेमा तीनजना निर्विरोध निर्वाचित भए पनि अब पाँचजना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भएको रावलले बताए। मतदानबाट खुला एकजना, एकजना दलितबाट र एकजना अपाङ्गता र अल्पसंख्यकबाट गरी पाँचजना चुनिने छन्।

मतदान सकिएलगत्तै प्रदेश ५ को मतगणनना साढे चार बजेदेखि सुरु भएको छ। निर्वाचन अधिृकत हेमन्त रावलले साढे चार बजेदेखि मतगनना सुरु भएको जानकारी दिए। रावलका अनुसार साँझ आठ बजेसम्ममा अन्तिम नतिजा सार्वजनिक हुनेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.