प्रदेश ७ मा मतगणना सुरु

प्रदेश ७ मा मतगणना सुरु

डोटी : राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश नम्बर ७ मा निर्वाचनको मत गणना सुरु भएको छ। बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो तीन बजे सकिएको थियो। जम्मा दुई सय २९ जना मतदातामध्ये दुई सय २७ जनाले मतदान गरेका छन्।

अनुपस्थित दुईजना मतदातामा राष्ट्रिय जनता पार्टीका तर्फका प्रदेश सभा सदस्य माल्मती राना थारु र कृष्ण चौधरी रहेका छन्।मतगणना भरखरै सुरु भएको छ।मतगणना सुरु भएको दुई घण्टाभित्रै मत परिणाम आइसक्ने निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।

मतदानमा एक सय ७६ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितले मतदान गरेका थिए भने ५३ जना प्रदेश सभा सदस्यहरु मध्य ५१ जनाले मात्र मतदान गरेका हुन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.