प्रदेश १ राष्ट्रियसभा निर्वाचन : छ वाम र दुई पदमा कांग्रेस विजयी

प्रदेश १ राष्ट्रियसभा निर्वाचन : छ वाम र दुई पदमा कांग्रेस विजयी

विराटनगर : एक नम्बर प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले पाँच र कांग्रेस दुई स्थानमा विजयी भएका छन्। विराटनगरमा बुधार सम्पन्न निर्वाचनमा अपाङ्ग तथा अल्पसंख्यक र दलित कोटाको दुई पदको निर्वाचनको नतिजा आएसँगै सातै स्थानको परिणाम आएको हो। यी दुई पदबाहेक अन्य पाँच पदमा निर्विरोध निर्णय भएको थियो।

दलित कोटामा एमालेका खेम नेपाली र अपाङ्ग तथा अल्पसंख्यकमा पनि त्यही पार्टीका अगमप्रसाद वान्तावा निर्वाचित भएका छन्। नेपालीले ६ हजार दुई सय ७० मतभार प्राप्त गरे। उनका निकटम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार विन विश्वकर्माले दुई हजार ८ सय ३२ मतभार प्राप्त गरे। दलितमा १० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अल्पसंख्यक र अपाङ्ग कोटामा एमालेका बान्तावाले ६ हजार १ सय ३८ मतभार प्राप्त गरे। यसमा १२ मत बदर भयो। यसमा कांग्रेसका महेश जाजूले दुई हजार ८ सय ९८ मतभार प्राप्त गरे।

यसअघि प्रदेश १ बाट छ जना निर्विरोध निर्वाचित भइसकेका छन् । जसमा अन्यतर्फ एमालेबाट दुई जना र कांग्रेसका एकजना विजयी भएका थिए। अन्यमा एमालेबाट संखुवासभाका पर्शुमेही गुुरुङ र झापाका हरिशरण शिवाकोटी निर्वाचित भएका थिए।

कांग्रेसबाट मोरङका रमेशजङ्ग रायमाझी तथातीन जनाको महिलातर्फ एमालेकी(मोरङ) नैनकला ओझा, माओवादी केन्द्रबाट(मोरङ)की बिना पोखरेल र नेपाली काँग्रेसबाट झापाकी सरिता प्रसाई निर्वाचित भएका हुन।

निर्वाचित सबैलाई बिहीबार बिहान १० बजे जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा प्रमाणपत्र वितरण गरिने क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलल जानकारी दिए।
प्रदेश १ का ९३ जना प्रदेश सभा सदस्य थिए। जसमा ९२ मत खस्यो। १ सय ३७ स्थानीय तहका २ सय ७४ जना मतदातामध्ये २ सय ७२ ले मात्र मत खसालेको क्षेत्रीय निर्वाचन प्रमुख सञ्जेलले जानकारी दिए।

विहीबारको निर्वाचन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद विष्णु तुम्बाहाम्फे र ताप्लेजुङ मिक्वाखोला गाउँपालिकाकी उपाध्यक्ष रुद्रकुमारी साँवा मतदानमा सहभागी भएनन्। संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कट्वालको मृत्यु भएका कारण सहभागी भएनन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.