दुई विकेटको क्षतिमा १० ओभरमा नामिबियाको ६४ रन
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत उद्घाटन खेलमा नेपाल र नामिबियाको खेल जारी छ । टस जितेको नेपालले फिल्डिङ रोचेको छ । जारी खेलमा १० ओभरमा नामिबियाले दुई विकेटको क्षतिमा ६४ रन बनाएको छ ।
नामिबियाको विन्दहोइकस्थित वन्डेरर्स अफिज पार्कमा खेल जारी खेलमा नेपालका बलर सोमपाल कामीले दुई विकेट लिएका हुन् । कामीले नामिबियाका प्रारम्भिक ब्याट्सम्यान एलपी भानलाई शून्यमै आउट गराएका छन् । पहिलो ओभरको तेस्रो बलमै सोमपालले विकेट लिएका हुन् ।
त्यस्तै दोस्रो विकेटसमेत सोमपालले नै लिए। सोमपालले दोस्रो विकेट पाँचौ ओभरमा लिएका हुन् ।