बानियाँ बने प्रदेश ३ कांग्रेसको संसदीय दलको नेता
काठमाडौं : कांग्रेसको प्रदेश ३ संसदीय दलको नेतामा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्विरोध निर्वाचित भएका छन्। बिहीबार बिहान काठमाडौंमा बसेको बैठकले बानियाँलाई निर्विरोध निर्वाचित गरेको हो। प्रदेश ३ की केन्द्रीय प्रतिनिधि महालक्ष्मी(डीना)उपाध्ययको आतिथ्यतामा बसेको बैठकले बानियाँलाई संसदीय दलको नेता निर्वाचित गरेको छ।
वाम गठबन्धनको दुई तिहाई बहुमत रहेको प्रदेश ३ मा कांगेसबाट संसदीय दलको नेतामा निर्वाचित बानियाँ विपक्षी दलको नेता हुने भएका छन्। मकवानपुर क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित बानियाँ पूर्व गृहराज्यमन्त्री समेत हुन्। बाँनिया मकवानपुर कांग्रेसका पूर्व सभापति समेत हुन्।