दुई दिनभित्रै देउवाको राजीनामा : कानूनमन्त्री थापा

दुई दिनभित्रै देउवाको राजीनामा  : कानूनमन्त्री थापा

काठमाडौं : कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले आगामी फागुनको पहिलो साता नयाँ सरकार बन्ने दाबी गरेका छन्। उनले भने,‘फागुण ७ गतेको प्रजातन्त्र दिवस मनाएर हामी बिदा हुन्छौं, त्यही दिन नयाँ सरकार गठन हुन्छ, वाम गठबन्धन खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार बन्छ, उहाँलाई मेरो शुभकामना छ।’

बिहीबार एक कार्यक्रममा बोल्दै मन्त्री थापाले राष्ट्रिय सभाको निर्वाचनसँगै आफूहरुको दायित्व पूरा भएको बताए। उनले भने,‘निर्वाचन सम्पन्न भयो, मैले त धेरै पहिले बोलेको थिएँ, कि नयाँ सरकार फागुनाको ७ गते नै बन्छ भनेर, त्यतिवेला धेरै टिकाटिप्पणी भएको थियो, तर मैले हिसाबकिताब गरेर नै त्यो खुलासा गरेको थिएँ, अबको १० वा १२ दिनभित्रै त्यो कुरा प्रमाणित हुन्छ।’मन्त्री थापाले एक दुई दिनभित्रै प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा आउने जानकारी दिए।

उनले सरकारले मन्त्रिपरिषदको बैठकबाट राष्ट्रिय सभा सदस्यको लागि तीन जनाको नाम सिफारिसका सम्बन्धमा छलफल गर्ने बताए । उनले भने,‘अब बस्ने क्याबिनेट बैठकमा यो बारेमा हामी छलफल गर्छौं, तीन जनाको नाम सिफारिस गर्दा साझा व्यतिmत्व चयन गर्छौ, योग्यता पुगेकालाई सफारिस गर्छौं, सभाको वजन र गरिमालाई धान्न सक्ने व्यक्तित्व चयन गर्छौं।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.