प्रदेश ६ : एमाले संसदीय दलको नेता बने यमलाल कँडेल
सुर्खेत : एमाले नेता यमलाल कँडेल प्रदेश नम्बर ६ को संसदीय दलको नेता बनेका छन् । नेता कँडेललाई बिहीबार वीरेन्द्र नगरमा बसेको एमाले संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गरेको हो ।
यसअघि संसदीय दलको नेतामा दाबी गर्दै आएका नेता प्रकाश ज्वालाको प्रस्तावमा नेता कँडेल संसदीय दलको नेता बनेका हुन्।