नेपाललाई सातौं सफलता : शरद भेषावकरले लिए अर्को विकेट
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत उद्घाटन खेलमा नेपाल र नामिबियाको खेल जारी छ । टस जितेको नेपालले फिल्डिङ रोजेको छ ।
२५.४ ओभरमा शरद भेषवाकरले सातौं विकेट लिएका हुन् । सन्दीप लामिछानेले १६.५ ओभरमा छैठौँ विकेट लिएका थिए । यसअघि १५.६ ओभरमा कप्तान पारस खड्कालेले पाँचौ विकेट लिएका थिए । यसअघि सोमपाल कामीले दुई विकेट लिइसकेका छन् भने बसन्त रेग्मी र सन्दीप लामिछानेले एकएक विकेट लिएका छन् । २५ ओभर पुग्दा नामिबियाले ७ विकेटको क्षतिमा ११६ रन बनाएको छ ।