ओली र प्रचण्डबीच एक घन्टा ‘वान टु वान’ वार्ता

ओली र प्रचण्डबीच एक घन्टा ‘वान टु वान’ वार्ता

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच एक घन्टाबढी ‘वान टु वान’ वार्ता भएको छ। भावी प्रधानमन्त्रीका रुपमा चर्चामा रहेका एमाले अध्यक्ष ओली र प्रचण्डबीच ललितपुरको मानभवनको एक घरमा करिब सवा घन्टा ‘वान टु वान’ वार्ता भएको हो।

भेटवार्तामा पार्टी एकता, नयाँ सरकार गठन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको छ ।पेरिसडाँडाबाट निवास तर्फ फर्किर्दै गर्दा ओली र प्रचण्डबीच भेटवार्ता तय भएको थियो। दुवै नेताले सहयोगीसमेत नलगी मानभवको एक घरमा भेटवार्ता गरेका हुन्। प्रचण्ड र ओलीको यो भेटवार्तालाई महत्वका साथ हेरिएको छ।

प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा वाम गठबन्धन बनाएर सफलता पाएका दुई शीर्ष नेताले पार्टी एकताको प्रक्रियालाई औपचारिक रुपमा अगाडि बढाउन नसकेको भन्दै आलोचना भइरहेका बेला भएको यो भेटलाई महत्वका साथ हेरिएको छ।

दुई पार्टी एकताका लागिबनेको संयोजन समितिले एकताका विषयमा निर्णय गर्ने जिम्मा ओली र प्रचण्डलाई दिइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.