एमाले समानुपातिक सूचीका दुई नाम काटिए, व्यापारी दुगड र नेता सुब्बा सांसद बन्दै

एमाले समानुपातिक सूचीका दुई नाम काटिए, व्यापारी दुगड र नेता सुब्बा सांसद बन्दै

काठमाडौं : एमालेले प्रतिनिधि सभाको समानुपातिकतर्फ पठाएका दुई महिलाको नाम काटिएको छ। एमालेले महिलाको नाम काटेर दुई पुरुषको नाम निर्वाचन आयोगमा पठाएको छ।

खर्स आर्य कोटाकी शर्मिला कार्की र आदिवासी जनजाति कोटाकी रणकुमारी बलमपाकी मगरको नाम काटिएको छ। कार्की र मगरको सट्टामा आदिवासी जनजातिको एक नम्बर सूचीमा रहेका विजय सुब्बा र मधेसी कोटाको एक नम्बरमा रहेका मोतीलाल दुगडको नाम समेटिएको छ। दुगड व्यवसायी हुन्।

यसअघि एमालेले दुई जना पुरुष र ३९ महिलाको नाम निर्वाचन आयोगमा पठाइसकेको थियो। राष्ट्रिय सभाको निर्वाचनपछि चार पुरुषलाई समानुपातिकबाट सांसद बनाउन सक्ने अवस्था आएपछि एमाले दुई महिलाको नाम काटेर पुरुषको नाम राखेको हो।समानुपातिकतर्फ एमालेले ४१ सिट पाउने अवस्था छ।

यसअघि प्रतिनिधि सभाको समानुपातिक तर्फ खसआर्यको एक नम्बरको सूचीमा रहेका मुकुन्द न्यौपाने र पिछडिएको क्षेत्रबाट मोहन बानियाँसहित ३९ महिलाको नाम एमालेले पठाएका थियो।

एमालेले प्रत्यक्षतर्फ ८० र राष्ट्रिय सभामा २७ सिट जितेको छ। समानुपातिकमा ४१ सिट पाएपछि एमालेको संघीय संसदमा १४८ सिट हुन्छ। राष्ट्रिय सभामा संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला संवैधानिक व्यवस्था छ।

एमालेले ५० जना महिला संसदमा पठाउनु पर्छ। जसमध्ये प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एमालेका दुईजना मात्रै महिला विजयी भएका छन् भने राष्ट्रिय सभामा ११ माहिला आएका छन्। प्रत्यक्ष र राष्ट्रिय सभा गरी १३ महिला संसद बनेका छन्। ३७ महिलालाई एमालेले समानुपातिकबाट पठाएपछि एक तिहाई पुग्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.