माओवादी नेता शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

माओवादी नेता शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

सुर्खेत : प्रदेश ६ मा माओवादी केन्द्रको संसदीय दलको नेतामा महेन्द्रबहादुर शाही चयन भएका छन् । वीरेन्द्रनगरमा बिहीबार सम्पन्न माओवादीको प्रदेशसभा संसदीय दलको बैठकले औपचारिक रुपमा शाहीलाई दलको नेतामा चयन गरेको हो । योसँगै शाहीलाई प्रदेश ६ को मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।

लामो रस्साकस्सीपछि माओवादीले सर्वसम्मत रुपमा दलको नेता चयन गरेको छ । यसअघि संसदीय दलको नेतामा नेता नरेश भण्डारीले पनि दाबी गर्दै आएका थिए ।

पूर्व ऊर्जामन्त्रीसमेत रहेका शाही कालिकोटको प्रदेश सभा (ख) बाट प्रदेश सभामा विजयी भएका हुन्। तत्कालीन माओवादी सेनाको छैठौं डिभिजनका कमाण्डरसमेत रहेका शाही दलको नेता चयन भएसँगै प्रदेश ६ को मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

एमालेसँग चुनावी गठबन्धन गरेको माओवादीले प्रदेश ६ को मुख्यमन्त्री पाएको छ । दलको नेतामा चयन भएपछि शाहीले प्रदेश ६ को समृद्धिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.