वाम एकता संयोजन समिति बैठक आज

वाम एकता संयोजन समिति बैठक आज

काठमाडौं : एमाले–माओवादी केन्द्रले पार्टी एकतासम्बन्धमा अहिलेसम्म भएका कार्यप्रगति समीक्षा गर्दै थप रोडम्याप तयार पार्ने भएका छन्। एकता प्रक्रिया अपेक्षित रूपमा अगाडि बढ्न नसकेको गुनासो बढिरहँदा दुई पार्टीका अध्यक्षले शुक्रबार एकता संयोजन समितिको बैठक बोलाएका हुन्। बैठकमा एकतासम्बन्धी कार्यप्रगति समीक्षा गर्दै आगामी कार्यभारबारे छलफल गरिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव जोगबहादुर महराले बताए।

बिहीबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहालबीच ललितपुरको मानभवनस्थित एक निजी निवासमा एक्लाएक्लै वार्ता भएको थियो। छलफलमा दुवै अध्यक्षले संयोजन समितिको बैठक बोलाएर थप छलफल गर्ने निर्णय गरेका हुन्। शनिबार राष्ट्रपति निवासमा भएको लन्च बैठकपछि ओली–दाहालबीच छलफल भएको हो। एकीकृत पार्टीको वैचारिक–राजनीतिक कार्यदिशा र शीर्ष नेतृत‍्वको पदीय व्यवस्थापनले पार्टी एकता अल्झिएपछि समाधान गर्न दुई अध्यक्षले विभिन्न विकल्पमाथि छलफल गरिरहेको गठबन्धनका नेताले बताएका छन्।

एकता समितिको १८ माघको बैठकले दुई अध्यक्षबीच अझै छलफल गर्ने, समितिका नेताहरूबीच पनि अनौपचारिक छलफल गर्ने र समितिको बैठक बसेर कार्यदल गठन गरी एकता प्रक्रिया टुंग्याउने छलफल भएको थियो। बिहीबार दुई अध्यक्षबीच सैद्धान्तिक र भावनात्मक विषयमा छलफल केन्द्रित भएर संयोजन समितिको बैठक बोलाइएको महराले बताए। बिहीबारको छलफल त्यसैको निरन्तरता भएको उनले बताए। ‘पहिलेका बैठककै निरन्तरतास्वरूप छलफल भएको हो, ठ्याक्कै निष्कर्षमा आज पनि पुगिएको छैन। छलफल अझै जारी छ’, उनले भने, ‘थप छलफल गर्न एकता संयोजन समिति बैठक बोलाइने छ।’

ओलीका प्रेस संयोजक चेतन अधिकारीले छलफल सकारात्मक रहेकाले एकता समिति बैठकमा थप छलफल हुने बताए। ‘एकता संयोजन समितिको बैठक सम्भवतः शुक्रबार बस्छ, समय तोकिएको छैन। समय मिलाएर बैठक बस्छ’, उनले भने, ‘कुराकानी सकारात्मक छ।’ माओवादीले सरकार गठनअघि नै एकता प्रक्रिया टुंगोमा पुर्‍याउन जोड गरिरहेको छ। तर एमाले भने सरकार गठन र एकता प्रक्रिया सँगसँगै छलफलमा लगेर टुंग्याउने बताउँदै आएको छ। दुई अध्यक्षबीच बिहीबार राष्ट्रियसभाको निर्वाचन परिणाम, प्रदेशसभा र पार्टी एकताबारे छलफल भएको र एकता सम्बन्धमा प्रक्रिया र अन्य विषयमा समितिमा थप छलफल गर्न छलफल भएको महराले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.