कांग्रेस केन्द्रीय बैठक आज

कांग्रेस केन्द्रीय बैठक आज

काठमाडौं : राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएसँगै कांग्रेसले शुक्रबार एकदिने केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार शुक्रबारको बैठकको मुख्य कार्यसूचीमा प्रदेश संसदीय दल गठन र सञ्चालनसम्बन्धी विधानको मस्यौदा पारित गर्नु हो ।

केही समयअघि मात्र कांग्रेसका शीर्ष नेताको बैठकले नेता मीनेन्द्र रिजालको संयोजकत्वमा विधान निर्माण गर्न ३ सदस्यीय समिति गठन गरेको थियो । सबै प्रदेशसभाको बैठक सुरु भइसकेकाले कांग्रेसले एकदिने बैठक डाकेर विधान पारित गर्न लागेको प्रवक्ता शर्माले बताए । राष्ट्रियसभा चुनावलगत्तै प्रतिनिधिसभाको समानुपातिक सूची तय गर्ने र पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बहीर्गमन विषयमा समेत शीर्ष नेताले आन्तरिक छलफल सुरु गरेको बेला कांग्रेसले बिहीबार साँझ शुक्रबार एकदिने बैठक बोलाएको हो ।

प्रवक्ता शर्माका अनुसार प्रतिनिधिसभाको सूचीका लागी पार्टीको कार्यसम्पादन समितिको बैठक चाँडै बस्ने बताए । उनले भने, ‘अन्य राजनितिक मुद्दाबारे छलफल हुन सक्छ ।’ कानुनमन्त्री यज्ञबहादुर थापाले बिहीबार अब बस्ने मन्त्रिपरिषद् बैठकबाट वर्तमान सरकारले राष्ट्रियसभामा मनोनित गर्नुपर्ने ३ जना मनोनित गर्ने र त्यसलगत्तै नयाँ सरकार गठन सुरु हुने बताएका थिए ।

कानुनमन्त्री थापाका अनुसार ख्यातिप्राप्त बुद्धिजीवीमध्ये सरकारले ३ जनालाई राष्ट्रियसभामा पठाउनेबारे गृहकार्य थालेको छ । बुधबारको निर्वाचनबाट राष्ट्रियसभामा ५६ जना निर्वाचित भएर आएका थिए । संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले ३ जनालाई राष्ट्रियसभामा मनोनित गर्नुपर्छ । केही समयअघि वाम गठबन्धन र कांग्रेसबीच यसबारे विवाद उत्पन्न भएको थियो । वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले ३ जनाको मनोनयनको सिफारिस नयाँ सरकारले गर्नुपर्ने तर्क गरेका थिए भने कांग्रेसले राष्ट्रपतिबाट मनोनित नगरुन्जेल राष्ट्रियसभा पूर्ण नहुने भएकाले देऊवा सरकारले नै नियुक्त गर्नुपर्ने तर्क दिएका थिए । बिहीबार कानुनमन्त्री थापाले १/२ दिनभित्रै सरकारले ३ जनाको मनोनयन गर्ने बताए ।

सरकारबाट बहिर्गमनदेखि प्रतिनिधिसभाको समानुपातिक सूचीदेखि राष्ट्रियसभामा सिफारिस गर्ने नामबारे समेत शुक्रबार बैठकमा छलफल हुन सक्ने कांग्रेस नेताहरूले बताएका छन्

गत जेठमा गठित देउवा सरकारले राष्ट्रियसभा चुनावपछि मात्र नयाँ सरकार गठनको बाटो खुल्ने बताउँदै आएको थियो । कानुनमन्त्री थापाले बिहीबार निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिनिधिसभाको नतिजा बुझाएसँगै सरकार गठनको प्रक्रिया पनि सुरु हुने बताए । उनले अन्नपूर्णसँग भने, ‘अहिले आयोगको भनाइअनुसार ५ फागुनसम्म राष्ट्रपतिकहाँ सम्पूर्ण नतिजा जाने देखिन्छ । त्यसपछि मात्र वर्तमान प्रधानमन्त्रीले राजीनामा वा सत्ता हस्तान्तरण गर्न मिल्छ ।’ वाम गठबन्धनले प्रतिनिधिसभामा बहुमत ल्याएकाले ५ फागुनपछि सरकार गठनमा कांग्रेसले अवरोध नगरी सघाउने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.