प्रदेश १ को मुख्यमन्त्रीको दौडबाट घिमिरे हटे, राईलाई सघाउने

प्रदेश १ को मुख्यमन्त्रीको दौडबाट घिमिरे हटे, राईलाई सघाउने

प्रदेश १ को एमाले संसदीय दलको दौडबाट एमाले केन्द्रीय सदस्य जीवन घिमिरे पछि हटेका छन् । प्रदेशमा बहुमत प्राप्त दल एमालेको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएकोले यो दौडको अन्तिम टुंगो पार्टी सचिव भीम आचार्य र नेता शेरधन राईबीच हुने भएको छ । मुख्यमन्त्रीमा दाबी गर्दै लविङमा लागेका नेता घिमिरेले अर्का प्रत्यासी शेरधन राईलाई सघाउने सहमतिपछि पछि हटेको एमाले स्रोतले जनाएको छ । 

विराटनगरः प्रदेश १ को एमाले संसदीय दलको दौडबाट एमाले केन्द्रीय सदस्य जीवन घिमिरे पछि हटेका छन् । प्रदेशमा बहुमत प्राप्त दल एमालेको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएकोले यो दौडको अन्तिम टुंगो पार्टी सचिव भीम आचार्य र नेता शेरधन राईबीच हुने भएको छ ।

मुख्यमन्त्रीमा दाबी गर्दै लविङमा लागेका नेता घिमिरेले अर्का प्रत्यासी शेरधन राईलाई सघाउने सहमतिपछि पछि हटेको एमाले स्रोतले जनाएको छ । तर, घिमिरे आफूले भने ‘तीन प्रत्यासीबाट एकमा निर्णय ल्याउन सहज होस भनेर’ पछि हट्ने मनस्थिति बनाएको बताए ।

तपाईं पछि हटेर दुईजना प्रत्यासी रहे भने के गर्नुहुन्छ ? भन्ने विज्ञासामा भने, ‘मैले एकजनामा सहमति होस भनेर यो निर्णय लिएको हुँ तर दुईजना हुने भए भने के गर्ने र कसलाई समर्थन दिने भन्ने त्यतिबेलै भन्छु ।’ घिमिरेलाई प्रदेश १ को शक्तिशाली मन्त्रालय दिने सहमति भएअनुसार उनले राईलाई सघाउने संस्थापन पक्षका एक नेताले बताए ।

एमाले संसदीय दलको नेताको चुनाव शुक्रबार दिउँसो २ बजे प्रदेशसभा रहेको जिल्ला समन्वय समितिमा हुनेछ । चुनावका लागि चुणामणि आचार्यको संयोजकत्वमा टिकाराम पुरी र प्रेम पोखरेले सदस्य रहेको निर्वाचन समिति बनाइएको छ । एमालेको प्रदेश कमिटीमा मुख्यमन्त्रीको विषयमा सहमति हनु नसकेपछि निर्वाचनबाट छान्ने निर्णय भएको हो ।

शेरधन राई पक्षधर प्रदेशसभा सदस्यहरु विराटनगरको फन एन्ड फुड रिसोर्टमा भेला भएका छन् । झापाका ७ जना प्रदेशसभा सदस्यसमेत त्यहाँ भेला भएपछि २८ जना सदस्य पुग्ने राई पक्षधरको दाबी छ । एमाले संसदीय दलमा ५१ ज्ना सांसद छन् । उता भीम आचार्य पक्ष पनि अलग्गै इटहरीस्थित प्रदेश कार्यालय भेला भएका छन् । मुख्यमन्त्रीमा राई र आचार्यले आफू नै यो पदका लागि योग्य भएको भन्दै दाबेदारी छाडेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.